धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लामा बीउको आयात बिकरालरुपमा बढीरहेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७५÷०७६ मा देशभर तरकारीको बीउ १६०.६२ मेट्रिक टन आयात भएको तथ्यांकले देखाएको हो । त्यस्तै मकैको बीउ १ हजार १७८.०३ मेट्रिक टन आयात भएकोमा धानको बीउ आयात १ हजार ८५८.६८ मेट्रिक टन आयात भएको कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिनुभयो । बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, हरिहरभवनका प्रमुख वेनुप्रसाद प्रसाईंले नेपालमा बीउको अवस्थाका बारेमा सहभागीहरुलाई जानकारी गराउँदै नेपालमा बीउको प्रयोग र संरक्षण तथा बीउ उत्पादन र संरक्षणमा भएका कार्यक्रमका बारेमा जानकारी दिनुभयो । कार्यक्रममा सहभागी बीउ उत्पादक तथा बिक्रेताहरुले आफूहरुले भोगिरहेका समस्याहरुका बारेमा जानकारी गराएका थिए । चोर बाटोबाट आउने बीउको समस्या, हरेक बर्ष नयाँ बीउको प्रयोग गर्ने, आईपिएम खेती प्रणाली अनुसार खेती नगर्ने जस्ता समस्याले बीउ आयात बढेको उनीहरुको भनाइ थियो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले कृषि क्षेत्र साँच्चै नै पीडित रहेको उल्लेख गर्दै बीउमा पनि रासायनिक मलमा जस्तै अनुदान दिन राज्यले नीति ल्याउनु पर्ने बताउनुभयो । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवनका कृषि अधिकृत मनोज पोखरेलले नेपालमा विषादी प्रयोगका समस्या र समाधानका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । हरेक वर्ष बढ्दै यो संख्या आर्थिक वर्ष ०७९÷०८० मा आइपुग्दा तरकारीको बीउ, २१८.४ मेट्रिक टन, मकैको बीउ २ हजार ५४५. ५६ मेट्रिक टन र धानको बीउ २ हजार २७३.४१ मेट्रिक टन आयात भएको छ । यस्तै काभ्रेमा मात्र गत आर्थिक वर्ष ०८१÷०८२ मा धानको हाइब्रिट बीउ ४३.६२ मेट्रिक टन र उन्नत जातको बीउ ४६.६४ मेट्रिक टन कारोबार भएको थियो । मकैको हाइब्रिट बीउ ८८७.४१, उन्नत बीउ १०.०९ मेट्रिक टन कारोबार भयो । यसैगरि तरकारीको बीउ हाइब्रिट २.११८ र उन्नत जातको बीउ २९.२६ मेट्रिक टन कारोबार भयो भने गहुँको उन्नत जात २.८४ मेट्रिक टन कारोबार भएको तथ्यांक छ ।यसरी हेर्दा बीउ प्रतिस्थापन दर धानको नेपालमा २८.५३ प्रतिशत तथा काभ्रेमा मात्र १५.८४ प्रतिशत रहेको छ । यस्तै मकैको बीउ नेपालमा १६.८४ र काभ्रेमा १९.२३ तथा गहुँको बीउ नेपालमा २२.१ तथा काभ्रेमा १७.३४ प्रतिशत रहेको तथ्यांक छ । काभ्रेमा गतवर्ष धानको बीउ ६२ मे.टन र गहुँको बीउ १४.८० मे. टन र २४ मे. टन मात्रै उत्पादन भएको छ । काभ्रे जिल्लामा ११ हजार ५८ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुँदै आएको छ । जसमा ४३ हजार ३६९ मेट्रिक टन उत्पादन हुने गरेको छ । यस्तै मकै खेती २४ हजार ८७५ हेक्टर क्षेत्रफलमा हुने गरेको छ । जसमा ८२ हजार ७१७ मेट्रिक टन उत्पादन हुन्छ भने गहुँको खेती ८ हजार ८६० हेक्टर क्षेत्रफलमा हुँदा उत्पादन भने २६ हजार ४८३ मेट्रिक टन हुने गरेको छ । यी बाली उत्पादनका लागि जिल्लामा ५५३ मेट्रिक टन धानको बीउ, ७४६ मेट्रिक टन मकैको बीउ, १ हजार ६३ मेट्रिक टन गहुँको बीउ, ५२ मेट्रिक टन कोदो, ४३ मेट्रिक टन जौ को बीउ, फापर र तोरीको बीउ क्रमशः ३८ र २८ मेट्रिक टन आवश्यक पर्छ । यस्तै १८ हजार ३१८ मेट्रिक टन आलुको बीउ, ७३ मेट्रिक टन भटमास, एक मेट्रिक टन मास, २ मेट्रिक टन चनाको बीउ र ६ मेट्रिक टन गहतको बीउ आवश्यक पर्ने तथ्यांक छ । जसमध्ये अधिकांश बीउ बाहिरी देशबाट आयात गर्नुपर्ने अवस्था छ ।
प्रतिक्रिया