चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका छन्। चाणक्य नीति चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरु लेखिएको ग्रन्थ हो।
अरु कुनै ग्रन्थमा नपाइने विषयहरु रहेकाले यो विश्वभर प्रख्यात छ। यसमा आदर्श व्यवहार यथार्थको सुन्दर तरिकाले समन्वय गरिएको छ। चाणक्य नीति आचार्य विष्णुगुप्त चाणक्य वा कौटिल्य रचित नीति ग्रन्थ चाणक्य नीति दर्पण व्यावहारिक जीवनका लागि श्रेष्ठ मार्गदर्शक नीति मानिन्छ। चाणक्यले जिवन सफल बनाउन निर्देश गरेका चार गुण सम्बन्धि नितिको एघाराै् अध्यायको पहिलो श्लोकमा यस प्रकार बर्णन गरिएको छ।
दातृत्वं प्रियवक्तृत्वंधीरत्वमुचितज्ञता ।
अभ्यासेन न लभ्यन्ते चत्वारः सहजा गुणाः ॥
ती गुण हुने मानिस सफल मानिस र राम्रो नेता बन्न सक्ने बताइएको छ। यी गुणहरु पछि सिक्ने कुरा होइनन्, केही खास मानिसहरुमा जन्मजात नै हुन्छ भन्ने चाणक्यले उल्लेख गरेका छन्। यसको प्रभावबाट मानिस सफल हुन सक्छन्।
चाणक्य नीतिको श्लोकमा भनिएको छ-

१. दानी हुनु
दान दिनु कुनै व्यक्तिको स्वाभाव नै हुन्छ। कुनै पनि व्यक्तिलाई दान दिनुपर्छ भनेर सिकाउन सकिँदैन। यस्तो बानी मानिसको मनभित्रै हुन्छ। यसर्थ, कसैलाई पनि दान दिनुपर्छ भनेर सिकाउन सकिँदैन ।
२. निर्णय लिने क्षमता
कुनै पनि व्यक्तिलाई निर्णय लिन पनि सिकाउन सकिँदैन। जसले उचित समयमा उचित निर्णय लिन सक्छ, ऊ सफल हुन्छ। गलत समयमा सही निर्णय लिएर मानिस सफल हुन सक्दैन।
३. धैर्यता
धैर्य रहन सक्नु मानिसको सबैभन्दा राम्रो गुण हो। कठिन समयमा आफूलाइ धैर्य राखेर आफ्नो उदेश्य अनुसारको काम निम्त्याउनु बुद्धिमानि हुन जान्छ।
४. मीठो बोली
मीठो बोल्नु पनि मानिसको सबैभन्दा राम्रो गुणमध्ये एक हो। यस्तो गुण मानिसको स्वाभावमै हुन्छ। कसैलाई मीठो बोल्न कहिल्यै पनि सिकाउन सकिँदैन।
धन सम्पत्ति सन्चय मात्र गरेर राख्नु हुदैन । त्यो वनको प्रयोग र सदुपयोग गर्नुपर्छ । उपयोग हुन नसकेको धन अन्तत नस्ट भएर जान्छ ।
प्रतिक्रिया