logo
  • २०८३ जेष्ठ ११ | Mon, 25 May 2026
  • Dark Mode

          Subscribe

    बेथानचोक प्रथम उपाध्यक्ष कप भलिबलको उपाधि दुई नम्बर वडालाई

    • bethanchok bethanchok
    • २०८३ जेष्ठ ९, शनिबार १५:५६
    बेथानचोक प्रथम उपाध्यक्ष कप भलिबलको उपाधि दुई नम्बर वडालाई

    बेथानचोक । बेथानचोक गाउँपालिकाको आयोजनामा सञ्चालित प्रथम उपाध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नं. २ ले जितेको छ । २ नम्र वडाले वडा नं. ३ लाई सोझो सेटमा पराजित गर्दै नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो । उप विजेता हुने वडा नं. ३ ले नगद रु ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हाता पारेको छ ।यस्तै वडा नं. १ र ४ ले लिग चरणको उप विजेता हुँदै नगद १५, १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । वडा नं. ४ ले संयोजन गरेको प्रतियोगिता जेठ २, ३ र ४ गते वडा नं. ४ स्थित गणेशस्थानमा सञ्चालन गरिएको थियो । प्रतियोगितामा वेष्ट स्पाइकर निर्मल बजगाई, बेष्ट सर्भर सुरेश वाइबा, बेष्ट लिब्रो विजय गोले, बेष्ट ब्लकर सरोज रुम्बा, बेष्ट सेटर रमेश सिङ्तान र बेष्ट प्लयेर सुरेश घ्यावा घोषित भए । यस्तै बेष्ट कोचको उपाधि सिताराम तिमल्सिना घोषित भए । गाउँपालिका भरिका ६ टिम सम्मिलित प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले प्रतियोगिताले सहभागिता बढ्ने र सहभागिताले प्रतिभाको जन्म हुने भएकोले गाउँपालिकाले खेलकुदमा लगानी गर्दै जाने बताउनु भयो । युवाहरुमा जोश र हौसला थप्न, अनुशासन कायम राख्द प्रतियोगिता सहयोगी हुने उहाँको भनाई थियो । समापन कार्यक्रममा वडा नं. ३ का अध्यक्ष कुवेर ढकाल, ४ का अध्यक्ष कृष्ण बहादुर लामा, वडा सदस्यहरु तथा खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।



    bethanchok bethanchok    
  • २०८३ जेष्ठ ९, शनिबार १५:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP