logo
  • २०८३ जेष्ठ ११ | Mon, 25 May 2026
  • Dark Mode

          Subscribe

    एसईई विद्यार्थीलाई बेथानचोक गाउँपालिकाको सम्मान

    • bethanchok bethanchok
    • २०८३ जेष्ठ ९, शनिबार १५:५५
    एसईई विद्यार्थीलाई बेथानचोक गाउँपालिकाको सम्मान

    बेथानचोक । बेथानचोक गाउँपालिकाले २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईमा ग्रेडेड विद्यार्थीहरुलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । बुधबार गाउँपालिकाको सभाहलमा विद्यार्थीहरुलाई मनोपरामर्शसहित सम्मान गरेको हो । कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले सम्पूर्ण विद्यार्थीहरूलाई बेथानचोक गाउँपालिका र व्यक्तिगत तर्फबाट बधाई तथा सुखद भविष्यको शुभकामना दिनुभयो । आफ्नो कडा परिश्रम, लगनशीलता र धैर्यताको बलमा आज यो महत्त्वपूर्ण सफलता हासिल भएको बताउँदै उहाँले सम्पूर्ण गाउँपालिका परिवारलाई नै गौरवान्वित तुल्याउने गरी भावी दिनहरुमा कडा मेहेनत गर्न पनि आग्रह गर्नुभयो । उहाँले आफ्ना सन्ततीलाई सफल पार्न पु¥याउन अहोरात्र खट्नुहुने अभिभावक र मार्गदर्शन गर्नुहुने सम्पूर्ण शिक्षक वर्गमासमेत आभार प्रकट गर्नुभयो । कार्यक्रममा परामर्शदाता जमुना कुँवरले विद्यार्थीहरुलाई उच्च शिक्षाबारे परामर्श प्रदान गर्नुका साथै तनाव व्यवस्थापन, विद्यार्थीहरूको मानसिक, भावनात्मक, र शैक्षिक विकासका लागि मनोपरामर्श प्रदान गर्नु भयो । उहाँले अध्ययन सीपको विकास, विषय र करियर चयन, लक्ष्य निर्धारण, व्यक्तिगत तथा भावनात्मक परामर्श, तनाव र चिन्ता व्यवस्थापन लगायतका विषयमा परामर्श प्रदान गर्नु भएको थियो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले अभिभावक शिक्षक र विद्यार्थीहरुको साझा प्रयाशले मात्र उत्कृष्ट नतिजा ल्याउने हुँदा सबैले जिम्मेवारी लिएमात्र नतिजामा सोचेजस्तो हुने बताउनु भयो । कार्यक्रममा शिक्षा शाखा प्रमुख पुष्पा राइले गाउँपालिकाको शिक्षा गतिविधिहरुमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सर्वोत्कृष्ट जिपीए हासिल गर्ने विद्यार्थीहरुलाई नगदसमेत प्रदान गरिएको थियो । ो वर्ष बेथानचोक गाउँपालिकाका १० वटा मा.वि.बाट कूल १५८ विद्यार्थी परीक्षामा सामेल भएका थिए । जसमा ५२.५३ प्रतिशत् विद्यार्थी ग्रेडेड भएका थिए । कार्यक्रममा ६ वटै वडाका अध्यक्षहरु क्रमशः मधुसुधन तिमल्सिना, पुरुषोत्तम तिमल्सिना, कुवेर ढकाल, कृष्ण बहादुर तामाङ, राजकुमार वाइबा र विष्णु तामाङ, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, वि.व्य.स. अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।



    bethanchok bethanchok    
  • २०८३ जेष्ठ ९, शनिबार १५:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP