जिरी । काठमाडौं विश्वविद्यालय केयू)को जियोम्याटिक्स विभागका विद्यार्थीले दोलखाको जिरीमा १ सय ५० किलोग्राम फोहोर संकलन गरेका छन् ।केयूको ‘युथ सोलिडारिटी क्लब’ मा आवद्ध विद्यार्थीहरुले त्यहाँको जिरी बसपार्कदेखि अस्पताल रोड, जिरी अस्पताल क्षेत्र, अस्पतालदेखि कृषि फार्म क्षेत्र, एयरपोर्ट घाँसे मैदानका साथै एयरपोर्ट आसपासको नदी किनारमा फोहोर संकलन गरेको क्लबका अध्यक्ष निश्चल रसाइलीले जानकारी दिनुभयो । समाजप्रतिको गहिरो प्रतिबद्धता र बलियो सामाजिक सम्बन्धका साथै वातावरण संरक्षण र सामाजिक उत्तरदायित्व बहन गर्ने प्रयासक स्वरुप सरसफाइ गरिएको उनले बताए । ‘स्वच्छ जिरी, स्वस्थ जिरी’ भन्ने उद्देश्यसहित गरिएको अभियानले समुदायमा सकारात्मक सन्देश दिएको उहाँको भनाइ छ । सरसफाईमा जिरीस्थित दोलखा शेर्पा गेस्ट हाउस, जियोम्याटिक्स इन्जिनियरिङ विभागका प्राध्यापकका साथै काभ्रेपलाञ्चोकको धुलिखेलस्थित भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको सहभागिता थियो ।
प्रतिक्रिया