logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • Dark Mode

          Subscribe

    शैक्षिक प्रमाणपत्र धितो राखेर राखेर शैक्षिक ऋण

    • bethanchok bethanchok
    • २०८२ श्रावण ९, शुक्रबार ०६:११
    शैक्षिक प्रमाणपत्र धितो राखेर राखेर शैक्षिक ऋण

    रुकुमपूर्व । भूमे गाउँपालिकाले गाउँपालिकावासी विद्यार्थीका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर बिना व्याजमा शैक्षिक ऋण दिने व्यवस्था गरेको छ ।

    गाउँपालिकामा विपन्न घर परिवारका विद्यार्थी र उच्च शिक्षा अध्ययन गर्नेका लागि बिना व्याज शैक्षिक ऋण (कर्जा) दिँदै आएको हो ।

    आर्थिक वर्ष २०७७-०७८ सालदेखि यो सुविधा सुरुवात भएको हो । २०७७-०७८ देखि सुरु गरिएको बिना व्याज शैक्षिक ऋण कार्यक्रममा हालसम्म आइएससिएजी दुई जना, भेटेरिनरी दुई र डिप्लोमा सिभिल इन्जिनियरिङमा दुई र डिप्लोमा एचए एक गरेर जम्मा सात जना विद्यार्थीले मात्र शैक्षिक ऋण लिएर अध्ययन गरिरहेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका सहायक टेकबहादुर बुढाथोकीले जानकारी दिए ।

    यस्तै, जेहेनदार तथा विपन्न घरपरिवारका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममार्फत् पनि गाउँपालिकाले पढाउने गरेको छ । हालसम्म उद्यम विकास सहजकर्तातर्फ भूमे–४ का मनिषा पुन, भूमे–९ का सपना पुन, दिपशिखा पुन, सपना बुढा र विद्युत प्राविधिकमा भूमे–८ का शिशिर रोका, भूमे–२ का विपना घर्ती र अन्जना बुढा, भूमे–७ का विनज्योती बुढालाई गाउँपालिकाले छात्रवृत्तिमा पढाइराखेको गाउँपालिकाले जनाएको छ ।

    आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले विद्यार्थीको शैक्षिक प्रमाणपत्रका आधारमा बिना व्याज ऋण र छात्रवृत्ति प्रदान गर्ने व्यवस्था ल्याइएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताए ।

    उच्च शिक्षा र प्राविधिक धारतर्फ अध्ययन गर्ने विद्यार्थीका लागि उक्त व्यवस्था बनाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यी विद्यार्थीलाई राम्रोसँग पढाएर गाउँपालिकाभित्र नै उच्च शिक्षा र प्राविधिक धारतर्फ जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यले बिना व्याज शैक्षिक ऋण र छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

    विद्यार्थीको रुचिका विषयमा उच्च शिक्षा र प्राविधिक धारतर्फ अध्ययन गर्न चाहने विद्यार्थीका लागि गाउँपालिकाले किस्ताबन्दीमा ऋण दिने व्यवस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविलाल विकले बताए।
    ऋण लिएर अध्ययन गरेको विद्यार्थीले अध्ययन पूरा गरेको एक वर्षमा २५ प्रतिशत, दुई वर्षमा ५० प्रतिशत, तीन वर्षमा ७५ प्रतिशत र चार वर्षमा ऋण चुक्ता एवं एकमुष्ट ऋण तिरिसक्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत विकले जानकारी दिए ।



    bethanchok bethanchok    
  • २०८२ श्रावण ९, शुक्रबार ०६:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP