नयाँ शैक्षिक सत्र २०८३ को लागि तपाईंको विद्यालय को भावी योजना र शैक्षिक अवस्थाबारे जानकारी दिनुस न ।
हामीले नयाँ शैक्षिक सत्र २०८३ लाई अझ प्रभावकारी, प्रविधिमैत्री र विद्यार्थी केन्द्रित बनाउने योजना बनाएका छौं । हाम्रो लक्ष्य lla rounder विद्यार्थी तयार गर्नु हो—जहाँ शैक्षिक ज्ञानसँगै व्यवहारिक सीप, अनुशासन र नैतिकता पनि विकास हुन्छ । स्मार्ट कक्षा, सह–पाठ्यक्रम गतिविधि, र जीवनोपयोगी शिक्षा हाम्रो प्राथमिकता हो । नाइटिङ्गेल एकेडेमी विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्न प्रतिबद्ध छ ।
सरकारले शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना लिनुपर्ने निर्देशन दिएको छ । यसलाई तपाईंहरूले कत्तिको पालना गर्नुभएको छ ?
हामीले सरकारको निर्देशनलाई पूर्ण रूपमा पालना गरेका छौं । शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना प्रक्रिया सञ्चालन पूर्ण रूपमा गर्न योजना तयार गरेको छ, र सम्पूर्ण काम शिक्षा नियमावली अनुसार पारदर्शी ढंगले गरिएको छ ।
शिक्षामा निजी क्षेत्रले गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरिन्छ—तपाईं आफ्नो योगदानलाई कसरी परिभाषित गर्नुहुन्छ ?
निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै देशको शैक्षिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेका छन् । हाम्रो विद्यालयले पनि आधुनिक शिक्षण विधि, दक्ष शिक्षक र राम्रो वातावरणमार्फत योगदान दिइरहेको छ ।
निजी विद्यालय नाफामुखी भएको आरोप छ—शिक्षा सेवा हो कि व्यवसाय ? तपाईंको स्पष्ट धारणा के हो ?
हाम्रो स्पष्ट धारणा छ, शिक्षा सेवा हो । यद्यपि सञ्चालनका लागि केही आर्थिक पक्ष आवश्यक हुन्छ, तर हाम्रो प्राथमिक उद्देश्य सेवा नै हो, नाफा होइन ।
के राज्यले विद्यालय बन्द गर्न सक्दैन ? यस विषयमा तपाईंको बुझाइ के हो ?
राज्यसँग नियमन गर्ने अधिकार छ । यदि कुनै विद्यालयले नियम उल्लंघन गर्छ भने आवश्यक कारबाही हुन सक्छ । हामी सधैं नियमभित्र रहेर काम गर्छाैं ।
एसइई नतिजा जस्ता तथ्यांकले निजी विद्यालय अगाडि देखिन्छन्, यो वास्तविक गुणस्तर हो कि परीक्षा केन्द्रित तयारीको परिणाम मात्र ?
हाम्रो नतिजा केवल परीक्षा केन्द्रित होइन । हामी विद्यार्थीलाई गहिरो बुझाइ, व्यवहारिक ज्ञान र दीर्घकालीन सिकाइमा केन्द्रित गर्छाैं, जसले राम्रो नतिजा ल्याउँछ ।
अभिभावकबाट चर्काे शुल्क लिने र अतिरिक्त बोझको गुनासो किन दोहोरिन्छ ? यसमा आत्मसमिक्षा गर्नुपर्ने ठाउँ छ ?
हामीले उपलब्ध गराएका सुविधा अनुसार मात्र शुल्क लिएका छौं । अभिभावकलाई अनावश्यक बोझ नपरोस् भन्नेमा हामी सजग छौं र आवश्यक परे आत्मसमिक्षा पनि गर्छौं ।
सरकारले शुल्क निर्धारण र भर्ना प्रक्रियामा कडाइ गरिरहेको छ—यसलाई नियमनको आवश्यक कदम मान्नुहुन्छ कि निजी क्षेत्रमाथिको हस्तक्षेप ?
हामी यसलाई आवश्यक नियमनका रूपमा लिन्छौं । यसले सबै विद्यालयलाई एकरूपता र पारदर्शितामा ल्याउन मद्दत गर्छ ।
निजी विद्यालयले रोजगारी सिर्जना, प्रकाशन, स्टेसनरी लगायत क्षेत्रमा योगदान दिएको छ—तर के त्यो सामाजिक जिम्मेवारीसँग सन्तुलित छ ?
हामीले शिक्षक, कर्मचारी, प्रकाशन र अन्य क्षेत्रमा रोजगारी सिर्जना गरेका छौं । साथै सामाजिक उत्तरदायित्वलाई पनि सन्तुलित रूपमा अगाडि बढाएका छौं ।
निजी विद्यालयले विद्यार्थी विदेश पलायन बढाउँछन् भन्ने आरोपबारे तपाईंको प्रतिक्रिया के छ ?
विद्यार्थी विदेश जानु व्यक्तिगत अवसर र रोजाइको कुरा हो । हाम्रो भूमिका भनेको उनीहरूलाई सक्षम र प्रतिस्पर्धी बनाउनु हो, जुन हामीले गरिरहेका छौं ।
पाठ्यपुस्तकको भारी, घोकन्ते शिक्षा र सिर्जनात्मकताको कमी—यी आलोचनाहरू कत्तिको यथार्थ छन् ?
यी आलोचनाहरू पूर्ण रूपमा गलत पनि होइनन् र पूर्ण रूपमा सही मात्र पनि होइनन्,तर धेरै हदसम्म यथार्थमा आधारित छन्, विशेष गरी परम्परागत शिक्षा प्रणालीमा । हामी project-based learning, creativity र practical approach लाई प्राथमिकता दिन्छौं ।
प्रविधियुक्त शिक्षण, गुणस्तर र अभिभावकको अपेक्षा पूरा गर्न निजी विद्यालयहरूले के नयाँ सुधार गरिरहेका छन् ?
निजी विद्यालयहरूले अहिलेको शिक्षालाई समयानुकूल बनाउन विभिन्न सुधारहरू गरेका छन् । नाइटिङ्गेल एकेडेमी ले पनि अहिलेको शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै आधुनिक, व्यवहारिक र जीवनोपयोगी शिक्षामा विशेष जोड दिइरहेको छ । विद्यालयले प्रविधियुक्त शिक्षण अपनाउँदै digital tools र smart learning मार्फत कक्षाकोठालाई अझ प्रभावकारी बनाएको छ । यसका साथै, project-based learning, creativity र practical approach लाई प्राथमिकता दिँदै विद्यार्थीलाई “learning by doing” मार्फत सिकाइन्छ । यसले उनीहरूको critical thinking, problem-solving र innovation क्षमता विकास गर्न मद्दत गर्छ ।
विद्यालयले केवल किताबी ज्ञानमा सीमित life skills development मा पनि विशेष ध्यान दिएको छ—जसमा communication, teamwork, leadership र decision-making जस्ता सीपहरू समावेश छन् । यसको उद्देश्य विद्यार्थीलाई भविष्यमा विश्वको जुनसुकै ठाउँमा पनि आत्मविश्वासका साथ अघि बढ्न सक्ने बनाउनु हो ।
सरकार, अभिभावक र निजी विद्यालयबीच देखिएको अविश्वास हटाउन तपाईंको ठोस समाधान के हो ?
विश्वास कुनै एक पक्षले मात्र बनाउने कुरा होइन, यो सहकार्यबाट निर्माण हुन्छ । पारदर्शिता, नियमित संवाद, सरकारी नियमको पालना र गुणस्तरीय शिक्षा मार्फत हामी सरकार, अभिभावक र विद्यालयबीचको दूरी घटाउँदै दिगो विश्वास निर्माण गर्न प्रतिबद्ध छौं ।
अन्तमा, नयाँ शैक्षिक सत्र र निजी विद्यालयको योगदानबारे केही थप भन्नु छ ?
अन्त्यमा, नयाँ शैक्षिक सत्र केवल अर्काे कक्षा सुरु हुनु मात्र होइन, विद्यार्थीको नयाँ सम्भावना र भविष्य निर्माणको सुरुवात हो । यस अवसरमा निजी विद्यालयहरूले गुणस्तरीय, प्रविधिमैत्री र जीवनोपयोगी शिक्षा प्रदान गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । नयाँ शैक्षिक सत्रले नयाँ आशा र अवसर ल्याएको छ । हामी शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउँदै विद्यार्थीलाई भविष्यका लागि सक्षम, सिर्जनशील र जिम्मेवार नागरिक बनाउने प्रतिबद्धता दोहोर्याउँछौं ।
प्रतिक्रिया