logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    • bethanchok bethanchok
    • २०८२ श्रावण ९, शुक्रबार ०६:२८
    सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांकले यस्तो देखाएको हो।

    महासंघले जारी गरेको मूल्य सूचीअनुसार बिहीबारको तुलनामा सुन पाँच सय रूपैयाँले घटेको हो। बिहीबार प्रतितोला एक लाख ९५ हजार दुई सयमा कारोबार भइरहेको सुन एक लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

    बिहीबार चाँदीको मूल्य भने बढेको छ। बिहीबार प्रतितोला २३ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २३ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ५९ अमेरिकी डलर पुगेको छ। त्यस्तै, चाँदी प्रतिऔंस ३९ अमेरिकी डलरमा कारोबार भएको छ।



    bethanchok bethanchok    
  • २०८२ श्रावण ९, शुक्रबार ०६:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP