logo
  • २०८२ माघ २८ | Wed, 11 Feb 2026
  • Dark Mode

          Subscribe

    विधेयक फिर्तामा चासो राख्दै सभामुखले भेटे राष्ट्रपति

    • bethanchowk bethanchowk
    • २०८२ श्रावण ९, शुक्रबार ०६:०५
    विधेयक फिर्तामा चासो राख्दै सभामुखले भेटे राष्ट्रपति

    काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका संसदमै फर्काएपछि सभामुख देवराज घिमिरेले चासो राखेका छन् ।

    आज बिहान शीतल निवास पुगेर घिमिरेले राष्ट्रपति पौडेलसँग विधेयक फिर्ताबारे चासो राखेको सभामुखनिकट स्रोतले बतायो ।

    संशोधित विधेयक प्रथम दृष्टिमै संविधानको धारा २८४ को भावना र मर्म एवम् विश्वव्यापि लोकतान्त्रिक अभ्यास र मान्यता प्रतिकूल हुने देखिएको साथै संवैधानिकतालाई सीमित र संकूचित बनाउने आशंकासहित राष्ट्रपति पौडेलले विहीबार साँझ संघीय संसदमा फिर्ता पठाएका थिए ।

    दुवै सदनबाट पारित भई सो संशोधन विधेयक प्रमाणीकरणका लागि असार ३१ मा राष्ट्रपतिसमक्ष पठाइएको थियो ।



    bethanchowk bethanchowk    
  • २०८२ श्रावण ९, शुक्रबार ०६:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP