logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • Dark Mode

          Subscribe

    नाईटिङ्गेल एकेडेमीका ४३ जना विद्यार्थीलाई सम्मान

    • bethanchok bethanchok
    • २०८२ चैत्र २९, आईतवार १०:३९
    नाईटिङ्गेल एकेडेमीका ४३ जना विद्यार्थीलाई सम्मान

    बनेपा । नाईटिङ्गेल एकेडेमीले शैक्षिक सत्र २०८१ मा एस ई.इ उतिर्ण ४३ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । कक्षा एसकेजी उत्तिर्ण विद्यार्थीहरुको दिक्षान्त कार्यक्रमसहित विद्यार्थीलाई सम्मान गरिएको हो । कार्यक्रममा विद्यालयकी प्रिन्सिपल उमा बस्नेत, विद्यालयका अडिनेटर विक्रम प्रजापति तथा प्रि–प्राईमरी को–अडिनेटर पुण्यश्वरी मानन्धर लगायतले विद्यालयले प्रदान गरिरहेको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधारसँगै प्रविधियुक्त शिक्षा, बालबालिकाहरुको सिकाई उपलब्धी, ब्यवहारीक तथा नैतिक र सामाजिक शिक्षा, संस्कृति र संस्कारयुक्त शिक्षाका लागि विद्यालयले उपलब्ध गराएको वातावरण लगायतका विषयमा धारणा राख्नुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जितको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेना मेँहेर गण धुलिखेलका प्रमुख झलक सुवेदीको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि सुवेदीले साना सानाभाईबहिनीहरु भोलिका कर्णधार भएकाले सबै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकल सहित पढ्नमा ध्यान दिन आग्रह गर्नुभयो ।



    bethanchok bethanchok    
  • २०८२ चैत्र २९, आईतवार १०:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP