logo
  • २०८३ बैशाख १८ | Fri, 01 May 2026
  • Dark Mode

          Subscribe

    पानी पर्दासाथ हुन थाल्यो बीपी राजमार्ग अबरुद्ध, बाढीले डाइभर्सनहरु बगाएपछि यात्रुहरु सास्तीमा

    • bethanchok bethanchok
    • २०८३ बैशाख १७, बिहीबार १२:५०
    पानी पर्दासाथ हुन थाल्यो बीपी राजमार्ग अबरुद्ध, बाढीले डाइभर्सनहरु बगाएपछि यात्रुहरु सास्तीमा

    रोशी । बर्षाका कारण विपी राजमार्ग पटक पटक अबरुद्ध हुन थालेको छ । प्रि मनसुनमा सानो पानी पर्ने वितिक्कै राजमार्गमा अस्थायी रुपमा निर्माण गरिएको डाइभर्सन बगाएर सडक अबरुद्ध हुने गरेको हो । काभ्रेका अधिकांश ठाउँमा ठूलो वर्षा भएको थियो । वर्षाका कारण रोशी खोलामा आएको बाढीले डाइभर्सनहरु बगाएपछि राजमार्ग पटक पटक अबरुद्ध हुने गरेको प्रहरीले जनाएको छ । शनिबारको वर्षाका कारण झण्डै ४८ घण्टा राजमार्ग अवरुद्ध भएको थियो । सोमबार दिउँसो डाइभर्सन बनाएर सुचारु भएको राजमार्ग मंगलबार राती फेरि अवरुद्ध बनेको हो । रोशी खोलाले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको छ । र २०८१ असोज दोस्रो साता आएको बाढीले सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी पहाडी तथा तराईका जिल्ला जोड्ने विपी राजमार्ग पूर्ण रुपमा क्षति भएपछि नागरिकहरु सामान्य वर्षामा पनि सास्ती व्यहोर्न बाध्य भएका छन् । डेढ वर्ष अघि रोसी खोलामा आएको बाढीका कारण विपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसमम २८ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको थियो । बाढीले काभ्रेपलाञ्चोकतर्फ २५ दशमलव ११ किलोमिटर सडकमा क्षति भएको थियो भने अहिले क्षति भएको सडकको काभ्रेतर्फ चार वटा खण्डमा पुननिर्माणको काम भैरहेको छ । साविकको स्थानबाट सवारी सञ्चालन नुहने अवस्था भएपछि तत्कालका लागि रोसी खोलाको किनारमा अस्थायी डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिएको छ । सामान्य वर्षा भएपछि रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाउने र खोलाको सतह घटेपछि पुनः डाइभर्सन बनाएर यातायात सुचारु गरिँदै आएको छ ।



    bethanchok bethanchok    
  • २०८३ बैशाख १७, बिहीबार १२:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP