logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • Dark Mode

          Subscribe

    सेन्टलम एल्बम एकेडेमीका युकेजीका विद्यार्थी दीक्षित

    • bethanchok bethanchok
    • २०८२ चैत्र १८, बुधबार ०८:३१
    सेन्टलम एल्बम एकेडेमीका युकेजीका विद्यार्थी दीक्षित

    श्रीखण्डपुर । पनौती नगरपालिका वडा नम्बर ५ स्थित सेन्टलम एल्बम एकेडेमीले आफ्ना युकेजीका विद्यार्थीलाई दीक्षित गरेको छ । सोही कार्यक्रममा कक्षा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीको नतिजा पनि प्रकाशित गरिएको छ । विद्यालयको नियमित कार्यक्रम अन्तर्गत आइतबार युकेजीमा अध्ययनरत ४५ विद्यार्थी दीक्षित भएका हुन् । गत वर्ष यही कार्यक्रममा ४० विद्यार्थी दीक्षित भएका थिए । कार्यक्रमका प्रमुख अतिथि विद्यालय संचालक समितिका सचिव ईश्वर महाजुलगायत अन्य अतिथिहरुले उनीहरुलाई दीक्षित गर्नुभएको हो । कार्यक्रमले बालबालिकालाई हरेक क्रियाकलाप गर्न मद्दत पुग्ने प्रमुख अतिथि महाजुले बताउनुभयो । उहाँले विद्यार्थीलाई कसरी गुणस्तरिय शिक्षा प्रदान गर्न सकिन्छ भन्नेमै आफूहरुको ध्यान जाने गरेको भन्दै अभिभावकले पनि यसमा आफ्ना बालबालिकालाई विशेष ध्यान दिएर पढाईको गुणस्तरबारे सल्लाह र सुझाव दिन अनुरोध गर्नुभयो । विद्यालयका प्रधानाध्यापक अग्नीप्रसाद ज्ञवालीले विद्यार्थीहरुलाई सम्मानसँगै दीक्षित गर्ने संस्कृतिको विकासले उनीहरुमा आत्मबल बढ्ने र यसले पढाईमा पनि सकारात्मक प्रभाव पार्ने बताउनुभयो । ०६२ सालमा स्थापित यस स्कूलले दुई वर्षदेखि प्लस टुमा म्यानेजमेन्टसहितको अध्यापन गराइरहेको प्रिन्सिपल ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा हाल ५३७ जना विद्यार्थी अध्ययनरत छन् । बढ्दो प्रतिस्पर्धाका बीच पनि विद्यालयले विभिन्न नयाँनयाँ कार्यक्रमहरु अघि सारेर अध्यापन गराउँदै आइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने उहाँको भनाइ थियो । यसवर्ष विद्यालयबाट १७ विद्यार्थी एसईईमा सहभागी हुँदैछन । विद्यालयकी शिक्षिका श्रृजना बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा शिक्षिका सरला नेपालले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो भने कार्यक्रम शिक्षिका शोविता हुमागाईंले संचालन गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुतीहरुले अतिथिहरुको स्वागत गरेका थिए ।



    bethanchok bethanchok    
  • २०८२ चैत्र १८, बुधबार ०८:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP