logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • Dark Mode

          Subscribe

    मेथिनकोट अस्पतालमा आठ केजीको ट्युमर निकालियो

    • bethanchok bethanchok
    • २०८२ चैत्र ६, शुक्रबार १४:४५
    मेथिनकोट अस्पतालमा आठ केजीको ट्युमर निकालियो

    भकुण्डेबेशी । मेथिनकोट अस्पतालमा एक महिलाको अण्डाशयबाट ८ केजीको ट्युमर मासुको डल्लो निकालिएको छ । प्रादेशिक अस्पताल को हैसियतमा रहेको मेथिनकोट अस्पतालमा थप जनशक्ति व्यवस्थापन भएसँगै यस प्रकारका शल्यक्रियाहरू थालिएको हो । चिकित्सकहरूको टोलीले ती महिलाको अण्डाशयबाट शल्यक्रिया गरी ३० सेन्टिमिटर लामो ट्युमर निकालेका हुन् । रोशी गाउँपालिका वडा नं ६ सिपालीकी २२ वर्षीय केशरीमाया तामाङ सुत्केरी गराउन मेथिनकोट अस्पताल पुगेकी थिइन् । स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डा. सरोजकुमार यादव र डा. कोपिला तामाङ, मेडिकल अफिसर डा. सन्तोष सापकोटा, एनेस्थेसिया निरिक्षक राधेश्याम शाह र नर्सहरूको टोलीले तामाङको सफलतापूर्वक शल्यक्रिया गरेको हो । केशरीमायाले ३ केजी तौल भएको शिशु जन्म दिएकी छन् । डा. यादवका अनुसार, मंगलबार अस्पताल भर्ना भएकी केशरीमायालाई सुत्केरी गराउन सिजेरियन सेक्सन शल्यक्रिया मार्फत बच्चा जन्माउने विधि गरिएको थियो । ‘चार महिनाको गर्भ रहँदा थापाथली स्थित प्रसुति अस्पतालमा अल्ट्रासाउन्ड भिडियो एक्स–रे गर्दा २२ देखि २५ सेन्टिमिटरको मासुको डल्ला भएको पत्ता लागेको थियो । सीमित स्रोत साधन र जनशक्तिका बावजुद सफलतापूर्वक शल्यक्रिया गर्न सकेको चिकित्सकको भनाइ छ । अहिले आमा र बच्चा दुबैको स्वास्थ्य खतरामुक्त छ ।



    bethanchok bethanchok    
  • २०८२ चैत्र ६, शुक्रबार १४:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP