logo
  • २०८३ बैशाख १८ | Fri, 01 May 2026
  • Dark Mode

          Subscribe

    धुलिखेलका छात्राहरुलाई आत्मरक्षा तालिम, हिंसाविरुद्ध सचेत बनाउँदै आत्मविश्वास बढाउने प्रयास

    • bethanchok bethanchok
    • २०८३ बैशाख १७, बिहीबार १२:४५
    धुलिखेलका छात्राहरुलाई आत्मरक्षा तालिम, हिंसाविरुद्ध सचेत बनाउँदै आत्मविश्वास बढाउने प्रयास

    धुलिखेल । धुलिखेल नगरपालिकाका २६ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्राहरुलाई आत्मरक्षा तालिम दिइएको छ । हिंसाविरुद्ध सचेत बनाउँदै आत्मविश्वास र आत्मरक्षाका व्यवहारिक सीप प्रदान गर्ने उद्देश्यले नगरपालिका सभाहलमा सञ्चालित तालिममा ती विद्यालयमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत छात्रा सहभागी भएका छन । ‘म हिंसा सहन्न, आत्मरक्षा गर्न सक्छु’ भन्ने अठोट जागृत गराउन शुरु गरिएको ३ दिन अवधीको तालिममा आत्मरक्षाका आधारभूत विधि, जोखिमपूर्ण परिस्थितिमा अपनाउनुपर्ने सावधानी तथा हिंसाको प्रतिकार गर्ने उपायहरूबारे प्रशिक्षण दिइने नगरपालिकाले जनाएको छ । कार्यवाहक नगरप्रमुख निराजन जङ्गमले तालिम उद्दघाटन गर्दै विद्यार्थीहरूलाई आत्मरक्षासम्बन्धी ज्ञान र सीप आजको समयमा अत्यन्त आवश्यक रहेका भन्दैे उनले किशोरीहरूलाई हुने सम्भावित हिंसा तथा दुव्र्यवहारबाट सुरक्षित रहन यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।



    bethanchok bethanchok    
  • २०८३ बैशाख १७, बिहीबार १२:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP