logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • Dark Mode

          Subscribe

    अमेरिका र युरोपको एक महिने भ्रमणमा निस्किए कुलमान घिसिङ

    • bethanchok bethanchok
    • २०८२ श्रावण ९, शुक्रबार ०६:३९
    अमेरिका र युरोपको एक महिने भ्रमणमा निस्किए कुलमान घिसिङ

    नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ अमेरिका र युरोप यात्रामा निस्केका छन्।

    उनको यो यात्रा एक महिनासम्म चल्नेछ।

    घिसिङ जुलाइ २५ देखि अगष्ट २६ सम्म वैदेशिक भ्रमणमा रहनेछन्।

    जुलाइ २५ देखि अगष्ट १० सम्म उनी अमेरिकामा रहनेछन् भने अगष्ट ११ देखि २५ सम्म युरोपका विभिन्न देशमा रहनेछन्।

    अमेरिकामा रहँदा घिसिङ, न्यूयोर्क, बोस्टन, टेक्सास, वासिङटनका विभिन्न कार्यक्रममा सहभागी रहनेछन्।

    Ncell

    त्यसपछि बेलायतको लण्डन, स्कटल्याण्ड, बेल्जियम, पोर्चुगलमा पनि पुग्नेछन्। उनी अगष्ट २६ मा स्वदेश फर्कने कार्यक्रम छ।

    उनले एक महिने यो यात्रामा विभिन्न कार्यक्रम, अन्तर्क्रिया, नेपाली डायस्पोराका दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट र अनुभव साटासाट गर्ने बताएका छन्।

    यसअघि घिसिङ बहराइन, युएई, ओमान, कतारलगायत देश पुगेर त्यहाँ रहेका नेपालीहरूसँग अन्तर्क्रिया गरेर फर्केका थिए। घिसिङको वैदेशिक भ्रमण र त्यहाँ रहेका नेपालीहरूसँगको अन्तर्क्रियाले उनी राजनीतिमा आउन खोजिरहेको संकेत दिएको उनीनिकटहरू बताउँछन्।



    bethanchok bethanchok    
  • २०८२ श्रावण ९, शुक्रबार ०६:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP