logo
  • २०८३ जेष्ठ ११ | Mon, 25 May 2026
  • Dark Mode

          Subscribe

    वैदिक शिक्षाः वैज्ञानिक र व्यवहारिक शिक्षा कसरी ?

    • bethanchok bethanchok
    • २०८३ जेष्ठ ९, शनिबार १५:२२
    वैदिक शिक्षाः वैज्ञानिक र व्यवहारिक शिक्षा कसरी ?

    महेश पौडेल
    नेपाल सुन्दर छ, शान्त छ । यदी अब नेपालको मुहार परिवर्तन हुन्छ भने त्यो शिक्षाबाट मात्र सम्भव छ । त्यो पनि वैदिक शिक्षा किनभने वैदिक शिक्षाले अनुशासन र संस्कार सिकाऊँदछ । विद्यार्थीहरुमा राष्ट्रप्रेम जगाएर कर्मठ योद्धा बनाउँदछ, भातृत्व – मानवताको पाठ सिकाउँदछ । सह–अस्तित्व, सहिशणुता र शान्तिको दिव्य ज्ञान सिकाउँदछ । सारांशमा, अध्यात्मिक जागरण गराई असल जीवन पद्दतिको पाठ सिकाउँदछ । नरनारीबाट देवत्व भएको महाज्ञानी नरनारायण बनाइदिन्छ । तर अफसोच अहिले बाठो बन्ने, कुत अकुत कमाउने, प्रतिस्पर्धामा लडाउने र मानिसहरुलाई झुक्याउने अहंकारी शिक्षा मात्र दिइन्छ । शिक्षा चाहीँ कमाई गरिखाने भाडो मात्र बनिदियो । कहिल्यै पनि बिद्यार्थीहरुलाई अनुशासित, असल र ज्ञानी मानिस बन्ने भन्ने कुरा नै सिकाइएन । अरुको अनुभव पढेर, घोकेर प्रमाणपत्र सजाउने शिक्षा मात्र दिईयो । प्यारा विद्यार्थीहरुले आफैं अनुभव गर्ने मौका नै पाएनन् । जीवन र जगत बारे बुझ्ने मौका नै पाएनन् । त्येसैले त अहिलेका विद्यार्थीहरु रनभुल्लमा परेका छन्–भौंतारिएका छन् । जसरी अहिले पश्चिम मुलुकका मानिसहरु ज्ञानको खोजीमा काकाकुल बनेर नेपाल धाइरहेका छन्, त्वं शरणम् भन्दै नेपालमा आउँदैछन । किनकी सम्पूर्ण धर्मशास्त्र, साहित्य, वैज्ञानिक आविश्कारको श्रोत मानिएको ४ वेद १८ पुरान यहि पवित्र भूमीमा को थियो । अब यो ऋषिमुनिहरुको तपोभूमी–वैदिक ज्ञानको मुहानमा नआएर कहाँ जाने त ?
    बुद्धि र ज्ञान
    पश्चिमी मुलुकहरुम ‘बुद्धि’ सिकाइयो तर ‘ज्ञान’ सिकाइएन किनभने उनिहरुसँग ज्ञानको पाठ नै छैन । अहिलेसम्म पनि उनीहरुलाई हाम्रो शरीर के ले चल्छ भन्ने कुराको अत्तो पत्तो छैन । स्मरण रहोस्–बुद्धि र ज्ञान फरक कुराहरु हुन् । बुद्दिले म जान्दछु भन्छ भने ज्ञानले ‘मलाई थाहा छैन’ भन्दछ । बुद्दिमा अहंकार हुन्छ भने ज्ञानमा विनम्रता, हार्दिकता, कृतज्ञता र प्रेम हुन्छ । जस्तै एक ज्ञानी मानिसले जति प्रेम उसको बुवा आमालाई गर्दछ उतिनै प्रेम वरिपरिका बोटबिरुवा, पुतली, फुल, बाख्रा परेवाहरुलाई पनि गर्दछ । किनभने उसललाई त्यहाँ सह–अस्तित्वको बोध भैराखेको हुन्छ । उसले आफ्नो आधा हिस्सा जीवन बोटबिरुवाहरुमा पनि देख्न थाल्दछ । रुखका पातहरुले प्राण वायु (अक्सिजन) नदिएको भए जीवनको अस्तित्व नरहने शास्वत सत्यको बोध भैसकेको हुन्छ । त्येसैले ऊ बोटबिरुवाहरुलाई आफ्नो शरीर जत्तिकै प्रेम गर्दछ । त्यसैगरी, कुनै अदृश्य परम ‘शिव‘ तत्व ले संचालन गरिराखेको छ र त्यो प्राणशक्ति ईश्वर (इ) उडेर गएपछि शिवबाट शव बन्छु भन्ने कुराको आभास हुनुनै अध्यात्मिक जागरण को पहिलो खुड्किलो हो ।
    त्यसैगरी, ईश्वरको कृपाले यस्तो सुन्दर जीवन त पायौ, तर रहस्यमयी शरीर र मस्तिस्क कसरी चल्दछ भन्ने कुराको ज्ञान मानिसहरुलाई पटक्कै भएन ।
    जीवन र मस्तिष्क सञ्चालन शैली
    वैदिक शिक्षामा पहिलो प्राथमिकता भनेकै हाम्रो जीवन संचालनको उत्तर पुस्तिका प्राप्त गर्नु हो । जे सामान किन्दा पनि Manual र Catalog हुन्छ तर हाम्रो शरीर – मन – मस्तिष्कको Catalog खोइ त ? यो रहस्यमयी शरीर–मस्तिस्क संचालन विधि थाहा नपाएर जीवनमा कठिनाईको सामना गरिराख्नु पर्दछ । यहि ध्रुब सत्यलाई महशुस गरेर पश्चिम मुलुकका वैज्ञानिकहरु पनि Engineering Life भन्दै अनुसन्धानरत छन् । शान्ति र खुशिमयी जीवनको अचुक शुत्र भनेकै शाकाहारी जीवन शैली र योग ध्यान रहेछ भनेर बुझ्न थालेका छज् । वास्तबमा हामी जे खान्छौ त्यहि नै बन्छौ, पहिलो मस्तिष्क भनेकै हाम्रो पेट हो । त्यसो हँुदा सात्विक जीवनले जीवन सुखी बनाउँदछ भने राक्षसी भोजन (जाँड, रक्सि, चुरोट, खैनी) ले राक्षसी स्वभाव जगाइदिन्छ भने शरीरको मेशिननै बिगारीदिन्छ । सात्विक भोजननै अध्यात्मिक जागरणको दोश्रो खुड्किलो रहेछ भनेर पश्चिमेलीहरुले महशुस गर्न थालेका छन् ।
    मानव मुल्यमा आधारित शिक्षा
    पश्चिमी शिक्षाले “जीवन मरेपछि सिद्धिन्छ” भन्दछ भने हाम्रो वैदिक शिक्षाले “जीवन अनवरत रुपले चलिराख्ने अलौकिक प्रक्रिया” भन्दछ । वास्तबमा हामी न त जन्मन्छौ न त मर्दछौं । मात्र हामी यात्रामा हिडिरहेका छौं । कर्मको फल अनुसार हामी पुनरजन्म लिन्छौं । मानव धर्म पालना गर्न, जीवनलाई अनुभव गरी देव ऋण, पितृ ऋण, पितामाता ऋण, ऋषि ऋण तिर्नको लागि पनि हामी बारबार जन्म लिएका हुन्छौं । शरीर मर्छ तर हाम्रो आत्मा ‘म’ कहिल्यै मर्दैन । यस्तो किसिमको आत्मा ज्ञान तोरीलाउरे पश्चिमी शिक्षाले कदापी पनि दिन सक्दैन । बरु एजमानको नाउँमा कालो टोपी लगाइदिन्छ–राहु झुन्ड्याई दिन्छ । थोरै र निश्चित कुरा भन्दा पर केहि कुरा थाहा हुँदैन । एजमान चाही Permanent Head Damage बन्दछ । पढेका प्रमाणपत्रहरु भित्तामा सजाउँदछन् र अस्ट्रेलियामा ट्रेन सफा गर्न, साउदीमा भेडा चराउन जान्छन । यस्तो रेलको डब्बा पुछ्ने र खाडी मुलुकमा भेडा चराउन मात्र योग्य बनाउने शिक्षा के काम ?
    संस्कार र संस्कृतिको विकृति देखेर पनि वाक्क लाग्छ । दुध बेचेर रक्सि धोक्ने संस्कार छ यहाँ बुवा आमालाई वृद्धाश्रम पठाएर घरमा कुकुर पाल्ने संस्कार छ । दारीवाल लट्टे जोगीलाई गुरु भनेर लम्पसार पर्ने संस्कार छ । नयाँ कपडा किनेर दस ठाउँमा प्वाल पारेर लगाउने संस्कार छ यहाँ, खै के भन्नु र ? अमृततुल्य मोही पिउन छोडेर विषालु कोकाकोला पिउने संस्कार छ । याद राख्नुस, कोक मा Hydrochloric Acid अथवा चर्पी सफा गर्ने हर्पिक Acid नै राखिएको हुन्छ । त्यही चर्पी सफा गर्ने हर्पिक पिउन सिकाउने शिक्षा कति सभ्य ? दौरा सुरुवाल लगाएर मोही पिउँदा पाखे बनाए–सुट टाई लगाएर हर्पिक युक्त कोक पिउँदा सभ्य भए, कस्तो खालको शिक्षा हो यो? अष्टसुगन्धको प्रयोग गर्न छोडायो र फिनेल, रक्सि, कुहिएको माछा, विषालु ग्यासले बनाएको Perfume दल्न सिकायो अहिलेको शिक्षाले । हिलो र चन्दन छुट्याउन नसक्ने–कास र कुश छुट्याउन नसक्ने कस्तो खालको शिक्षा हो यो ? आधुनिक हो ? कि अत्यास लाग्दो?
    हामी नेपालीहरुले नचाहदा नचाहदै पनि नेपालमा पनि पश्चिमेली शिक्षा नीति लादिएको छ । यो विडम्बना बाध्यता बनेर खडा भएको छ ।
    विकृत भाषा सँस्कृति
    हामिले अंग्रेजी भाषा सिक्ने नाममा आफ्नो भाषा बिगार्न थाल्यौं । अहो हाम्रो कस्तो स्नेही शब्द ‘आमा’ भन्न छोडेर Mummy भन्न सिक्यौ । आत्मिय शब्द ‘दिदी या बहिनी’ भन्न छोडेर Madam भन्न सिक्यौ । तर अंग्रेजहरुले मरेको लाशलाई Mummy भन्दछन, बेस्याहरूको नाइके तथा घरबाहिर राखेको रखौटी श्रीमतीलाई उनीहरुले Madam भन्दछन भन्ने कुरा को चाही हेक्का भएन ।
    हाम्रो भान्सा

    अमृत कि विष?
    त्यसैगरी प्रोटिनको लागि मासुनै खानुपर्छ भनेर पढाइयो । उनीहरुको देशमा त्यसबेला मासु बाहेक केही पाइदैन थियो । ठण्डी ठाउँ भएकोले फलफुल गेडागुडी सागपात दालचामल केही पनि पाइदैन थियो र मासु खान्थे । हामीलाई प्रकृतिले साथ दिएको छ, प्रोटिनको लागी मासु नै खानु जरुरी पनि छैन । तर पनि मासु नै खानु पर्ने शिक्षा दिइयो । गुरुत्वाकर्शन पनि Newton ले पत्ता लगाएका थिए भनेर पढ्न बाध्य परियो । के न्युटनको पाला देखि मात्र स्याउ भुइमा खस्न थालेको हो र ? पक्कै पनि होइन । यो गुरुत्वाकर्शनको कुरा त महर्षि परासर, भृगु,आर्यभट्ट जस्ता नेपालका ऋषिमुनिहरुले हजारौ वर्ष पहिलेनै बताइसकेका थिए । यस्तो अद्भुत वैदिक ज्ञानलाई चटक्कै भुलेर हामी पश्चिमी शिक्षा नीतिमा हाम फाल्यौ जहाँ Stress Management पढाइन्छ । हामीले राम्रोसँग गाडी चलाउन नजानेर गाडी बिग्रिए जस्तो हाम्रो रहस्यमयी शरीररुपी मेशिनलाई चलाउन नजान्दा उब्जिएको तनाब नै Stress हो। विशेषगरी खान र पिउन नजान्दा जीवन शैली उल्टो पर्दा जीवन तनावमा फस्छ । त्यही भएर हाम्रा ऋषिमुनिहरुले शरीर संचालन विधि तथा खुशीमय जीवन जिउनलाई योग (ध्यान, प्राणायाम र आयुर्वेद) को ज्ञान दिएका थिए । तर हामीहरु आफै बाठो भई उनीहरुकै शिक्षा Stress Management मा भासियौ । ए हजुर, घरआँगन सफा राखे फोहोर व्यवस्थापन Waste Management नै गर्नु पर्दैन कि कसो ? त्यस्तै सधै योग, ध्यान गरे, सात्विक जीवनयापन गरे पछि त तनाबनै आउदैन, Stress Management को आवश्यकता नै हुन्दैन, होइन र?
    सर्वोत्कृष्ट विश्वविद्यालय
    ३० र ४० वर्ष अघि यहि हाम्रो योग, ध्यान आयुर्वेद पद्दतिलाई पश्चिमेलीहरुले पाखेको संज्ञा दिन्थे । तर अहिले सारा युरोप अमेरिकाका मानिसहरु योग ध्यान आयुर्वेद सिक्न भनेर हाम फालेर नेपाल आउदैछन । बल्ल उनीहरुको चेत खुल्यो र अरबौंको व्यापार बनिराखेको छ । पहिले पनि हाम्रै वैदिक ज्ञान चोरेर लागेका थिए र अहिले पनि हरेक कुराहरुमा हाम्रै वैदिक ज्ञानलाई लागू गरिराखेका छन् ।
    हाम्रो इतिहास साक्षी छ, १२,००० वर्ष अघि त्रेतायुगमा नै राजा जनकको दरबार जनकपुरमा महर्षि यज्ञवाल्क्य, अस्टबक्र, बिदुषी गार्गीहरुले जीवन र जगतको दार्शनिक ज्ञान बाँढिसकेका थिए । जबकि, क्रिस्चियनहरुको बाइबलले मानव सृस्टि भएको मात्र ५,००० वर्ष भयो भन्दछ । कस्तो अचम्म १ अर्काे कुरा, १४ औ शताब्दी अघिसम्म पनि ब्रिटेनमा भाषा र साहित्यको विकाश भएकै थिएन र झन् अमेरिका र अस्ट्रेलिया जस्ता देशहरुको त जन्म नै भएको थिएन । जबकी, ईशा पूर्व ७०० अघि नेपालमा नालन्दा विश्वविद्यालय थियो–संसारभरका मानिसहरु यहाँ शिक्षा लिन आउँदथे । येशु क्रिस्ट, महाबीर जस्ता धर्म प्रवतक र पाईथागोरस, फिबोनासी जस्ता गणितज्ञहरु पनि यही विश्वविद्यालयमा पढेका थिए । यहि कुराबाट पुस्टि हुन्छ की हाम्रो नेपालको वैदिक सभ्यता कति अघि थियो भनेर । होइन र ? अफसोच, आज ज्ञानको मुहानमा नै खडेरी परेको देख्दा सारै चित्त दुख्छ ।
    निश्कर्शः
    त्यसैले अब नेपालमा धर्म संस्कृतिको रक्षा गर्न, राष्ट्र भक्त र अनुशासित असल नागरिक तयार पार्न पनि वैदिक शिक्षा अत्याश्यक छ । यहि तथ्यलाई आत्मसात गर्दै सह–अस्तित्वको वोध गराउन स्वर्गभूमी नेपाल चिनाउन ‘ विश्वको पहिलो विश्वविद्यालय ‘नालन्दा विश्वद्यिालय’ को पुनस्र्थापना गर्न संकल्प लिनुपर्छ । जहाँ योग ध्यान, आयुर्वेद, ज्योतिष, धर्मशास्त्र जस्ता जीवन उपयोगी शिक्षा सिकाइयोस् ।



    bethanchok bethanchok    
  • २०८३ जेष्ठ ९, शनिबार १५:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP