logo
  • २०८३ जेष्ठ ११ | Mon, 25 May 2026
  • Dark Mode

          Subscribe

    ४४ वर्षको उमेरमा एसईई उर्तीण

    • bethanchok bethanchok
    • २०८३ बैशाख ३१, बिहीबार १६:३२
    ४४ वर्षको उमेरमा एसईई उर्तीण

    खानीखोला । खानीखोला गाउँपालिका–५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले ४४ वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण गरेका छन् । २०८२ को एसईईमा सहभागी भएका स्याङ्तान २.५५ जीपीए ल्याएर उत्तीर्ण भएका हुन् । जनप्रतिनिधिको जिम्मेवारी सम्हालिरहेका उनी लामो अन्तरालपछि पुनः पढाइलाई निरन्तरता दिँदै सफलता हासिल गरेका हुन् । २०५६ सालमा कक्षा ८ सकेर ९ मा भर्ना हुने बेला तत्कालीन द्वन्द्वकालको जटिल परिस्थितिका कारण पढाइलाई निरन्तरता दिन नसकेका उनले अहिले परीक्षा दिएका हुन । बीचमा पुनः विद्यालयमा भर्ना हुने प्रयास गरे पनि सामाजिक कार्य र व्यक्तिगत जिम्मेवारीका कारण अवसर छुट्दै गएपछि उनले अहिले परीक्षा दिएका हुन । २०८१ मा कक्षा ९ उत्तीर्ण गरेका उनी २०८२ को एसईईमा सहभागी भएर उत्तीर्ण भएका हुन् । अब ११ कक्षामा भर्ना भएर अध्ययनलाई अझै अगाडि बढाउने उनको तयारी छ ।



    bethanchok bethanchok    
  • २०८३ बैशाख ३१, बिहीबार १६:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP