logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • Dark Mode

          Subscribe

    रविको पक्षमा ७ लाख बढिले ह्वाट्सएपबाटै गरे हस्ताक्षर, ५२ लाख संकलन

    • bethanchok bethanchok
    • २०८२ श्रावण ९, शुक्रबार ०६:२७
    रविको पक्षमा ७ लाख बढिले ह्वाट्सएपबाटै गरे हस्ताक्षर, ५२ लाख संकलन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा २७ लाख ५० हजार ६ सय ७७ जनाले हस्ताक्षर गरेका छन् ।

    पार्टी स्थापना दिवसको अवसरमा असार ७ बाट सञ्चालित हस्ताक्षर अभियान अन्तर्गत हालसम्म सात वटै प्रदेश, केन्द्रीय कार्यालय, काठमाडौंमा र्‍यापिड एक्सन टिम (र्याट)को व्यवस्थापनका बुथ, ह्वास्टएप, इमेल मार्फत गरी ३२ दिनमा २७ लाख ५० हजार बढीले हस्ताक्षर गरेका छन् ।

    रास्वपाले सामाजिक सञ्जाल ह्वाट्सएप मार्फत सार्वजनिक गरेको विवरण अनुसार कोशी प्रदेशबाट २ लाख १३ हजार १ सय ०६, मधेश प्रदेशबाट १ लाख ४ हजार, ३ सय ६०, बागमती प्रदेशबाट ७ लाख, १३ हजार, ३ सय ३१, गण्डकी प्रदेशबाट ५ लाख, १२ हजार, ९ सय १४, लुम्बिनी प्रदेशबाट २ लाख, ५२ हजार, ४ सय ३१, कर्णाली प्रदेशबाट ७२ हजार, १ सय ४२ र सुदूरपश्चिम प्रदेश १ लाख, १० हजार, ५ सय १२ जनाले हस्ताक्षर गरेका छन् ।

    यस्तै, केन्द्रीय कार्यालयबाट ३६ हजार, ५ सय, १०, काठमाडौंमा र्याटको व्यवस्थापनका बुथबाट ७४ हजार, १ सय १३, ह्वाट्सएप मार्फत ७ लाख, ५ सय ५२ र इमेल मार्फत ८३ हजार, ५ सय ६६ जनाले हस्ताक्षर गरेका छन् ।

    प्रदेशको आधारमा सबैभन्दा धेरै बागमतीबाट ७ लाख बढीले हस्ताक्षर गरेका छन् यस्तै सामाजिक सञ्जालका आधारमा ह्वाट्सएप मार्फत पनि ७ लाख बढीले नै हस्ताक्षर गरेका छन् । यस्तै, अभियानकै लागि हालसम्म ५२ लाख रुपैयाँ संकलन भएको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।

    ‘देश र विदेशबाट हालसम्म ५२ लाख रुपैयाँ संकलन भएको छ । रुपैयाँ संकलनका लागि हामीसँग एउटै माध्यम छ । त्यो हो, अनलाइन । क्यूआर गरेर बैंक खातामा संकलन हुन्छ,’ नेपाल प्रेससँग भने, ‘जसरी विभिन्न क्षेत्रबाट हस्ताक्षर भएको भने विवरण छुट्याएका छौँ त्यसरी कहाँबाट कति रुपैयाँ संकलन भयो भनेर छुट्याएको छैन् ।’

    रास्वपाले सभापति लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै असार ७ गतेदेखि हस्ताक्षर अभियान सुरु गरेको थियो ।



    bethanchok bethanchok    
  • २०८२ श्रावण ९, शुक्रबार ०६:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP