logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • Dark Mode

          Subscribe

    बालुवापाटीका १३५ विद्यार्थीलाई झोला वितरण

    • bethanchok bethanchok
    • २०८२ चैत्र ६, शुक्रबार १४:४६
    बालुवापाटीका १३५ विद्यार्थीलाई झोला वितरण

    नाल्दुम । मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ मा रहेको बालुवा मावि, बालुवापाटीका १३५ विद्यार्थीलाई झोला वितरण गरिएको छ । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच पनौतीका स्थानीय आरजु केसीले विद्यार्थीहरुलाई झोला वितरण गरेका हुन् । आफ्नो १० वर्षका नाती एडिक केसीको जन्मदिनको अवसर पारेर उनीलगायत परिवारका अन्य सदस्यहरुले झोला वितरण गरिएको हो । कार्यक्रममा सहयोगी आरजु केसीले समाजसेवामा सहभागी हुने अवसर प्राप्त भएको भन्दै खुशी व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक मोहनबहादुर खड्काले टाढादेखि आफ्नो विद्यालयमा सहयोग गर्न आउनुभएका दाताहरु र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलतामाङले पछिल्ला दिनहरुमा होटल र रेष्टुरेन्टमा गएर फजुल खर्च गर्दै जन्मदिन मनाउनेहरुका लागि केसी परिवार उदाहरण भएको बताउँदै सहयोगका लागि आभार व्यक्त गर्नुभयो । विसं. २०३४ सालमा स्थापना भएको बालुवा माविबाट ०६४ सालदेखि एसइइमा सहभागिता हुन थालेको थियो । हाल यहाँ कक्षा १ देखि १० सम्मका २१२ जना विद्यार्थी अध्ययनरत छन् । यो पटक यस विद्यालयबाट २३ जनाले एसइइ परीक्षा दिने तयारी गरेका छन ।



    bethanchok bethanchok    
  • २०८२ चैत्र ६, शुक्रबार १४:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP