पनौती । काभ्रेको पनौती नगरपालिका वडा नम्बर ४ मा रहेको काभ्रे माविले सोमबार काभ्रे शैक्षिक महोत्सव आयोजना गएको छ । महोत्सवमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफूमा निहित कला विभिन्न माध्यमवाट प्रस्तुत गरेका छन । विद्यार्थीहरुले विद्यालयमा सिकेका कुराहरुलाई व्यवहारमा उतारेर व्यवहारिक बनाउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गर्ने गरिएको विद्यालयका प्रिन्सिपल वसन्त नेपालले जानकारी दिनुभयो । व्यक्तित्व विकास तथा सृजनात्मक क्षमताको अभिबृद्धिका लागि सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग अनि पाठ्यपुस्तकलाई जीवन र समाजसँग जोड्ने उद्देश्यले यस्तो कार्यक्रम गर्दै आइरहेको प्रिन्सिपल नेपालको भनाइ छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु संचालन गरिने उहाँको भनाइ छ । विद्यार्थीहरुलाई किताबी ज्ञानका अतिरिक्त व्यवहारिक ज्ञान पनि दिनुपर्छ भन्ने मान्यता बोकेको विद्यालयले आयोजना गरेको कार्यक्रममा सोमबार कक्षा २ देखि १० सम्मका र मंगलबार प्लेग्रुपदेखि कक्षा १ सम्मका विद्यार्थीहरुले भाग लिएका थिए । यस्ता किसिमका कार्यक्रमहरुले विद्यार्थीको व्यवहारिक ज्ञानलाई थप अभिबृद्धि गर्ने विद्यालयको अपेक्षा छ । कार्यक्रममा गायन तथा ब्याण्ड प्रतियोगिता, विभागिय प्रदर्शनीहरु, चित्रकला तथा हस्तलेखन प्रदर्शनी, पाककला प्रदर्शनीलगायतमा विद्यार्थीहरुले सहभागिता जनाएका थिए । जसमा विद्यालयका करिब ८ सय विद्यार्थीहरुले विभिन्न प्रदर्शनीहरुमा भाग लिएका थिए ।
प्रतिक्रिया