logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • Dark Mode

          Subscribe

    आदर्श विद्या मन्दिरका ६२ जना विद्यार्थी दीक्षित

    • bethanchok bethanchok
    • २०८२ चैत्र २९, आईतवार १०:३७
    आदर्श विद्या मन्दिरका ६२ जना विद्यार्थी दीक्षित

    बनेपा । काभ्रेको बनेपा नगरपालिका वडानम्बर ११ मा रहेको आदर्श विद्या मन्दिर (एबिएम स्कुल) मा कक्षा युकेजीमा अध्ययनरत ६२ जना विद्यार्थी दीक्षित भएका छन् । सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई दीक्षित गरिएको हो । कार्यक्रममा तेजगंगा क्याम्पसकी प्रमुख अम्बुभवानी काकीले आदर्श विद्या मन्दिरले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै दीक्षित विद्यार्थीहरुलाई आगामी दिनमा थप प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । सहायक प्रधानाध्यापक ललिता बञ्जाराले स्वागत गर्दै सबैको सहयोगले विद्यालय अघि बढीरहेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो । विद्यालयका संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा विद्यालयले गर्ने कामहरुको योजनाका बारेमा जानकारी दिनुभयो । उहाँले विद्यार्थीका लागि किताबी ज्ञानले मात्र नभइ अन्य सीपमुलक र व्यवहारिक ज्ञान पनि उतिकै महत्वपूर्ण रहेकाले यस्ता कार्यक्रम गरिएको र आगामी दिनमा पनि निरन्तर रहने बताउनुभयो । ०८० सालदेखि विद्यालयले विद्यार्थीहरुलाई दीक्षितको कार्यक्रम शुरु गरिएको उहाँको भनाइ थियो । उहाँले दिनुभएको जानकारी अनुसार हाल विद्यालयमा १ हजार १२५ विद्यार्थी अध्ययनरत छन् भने यो वर्षको एसइइमा २५ जनाले सहभागीता जनाएका छन् ।आदर्श विद्या मन्दिर –एबिएम स्कुल) बनेपाले काभ्रे जिल्लामै पहिलो पटक आईएसओ प्रमाणपत्र पाउने विद्यालयको रुपमा आफूलाई चिनाएको छ । जिल्लामै कानुन संकायको पढाइ हुने एक मात्र कलेज एबिएममा अहिले सातौं वर्षका विद्यार्थी अध्ययन गरिरहेका छन् ।विसं २०६१ सालमा स्थापना भएको आदर्श विद्या मन्दिरले ०६८ सालदेखि एसएलसीमा सहभागिता जनाएको हो । त्यसयता एसएलसी र एसइइमा उत्कृष्ट नतिजा ल्याउन विद्यालय सफल भएको छ । विगत ९ वर्षयता यहाँ कक्षा ११ र १२ मा पनि अध्यापन हुँदै आएको छ ।



    bethanchok bethanchok    
  • २०८२ चैत्र २९, आईतवार १०:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP