बनेपा । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विद्यालय बसहरुको चेकजाँच गरेका छन । काभ्रेमा सामुदायिक,नीजी तथा सरकारी विद्यालयहरुको विद्यार्थी ओसारपसार गर्ने प्रयोजनको लागि प्रयोग भएका सवारी साधनहरुको यान्त्रिक परीक्षण गरिएको हो । बैशाख १६ गते अरुणोदय अंग्रेजी आवासीय माध्यमिक बिद्यालय पनौतीसँगको समन्वयमा विद्यार्थी ओसारपसार गर्ने ४ वटा वसको यान्त्रिक परीक्षण गरिएको प्रहरीले जनाएको छ । मामुदायिक,निजी तथा सरकारी विद्यालयहरुको विद्यार्थीहरु ओसारपसार गर्ने सवारी साधनहरुको यान्त्रिक खराबिका कारण सवारी दुर्घटना हुन नदिन यसले सघाउने अपेक्षा गरिएको छ । सवारी साधनहरुको यान्त्रीक अवस्था सुरिक्षत र व्यवस्थित रहन अत्यन्त आवश्यक रहेको हुँदा सम्पूर्ण समुदायिक,निजी तथा सरकारी विद्यालयहरुको विद्यार्थी ल्याउन लैजान प्रयोग हुने सम्पूर्ण सवारी साधनहरुको यान्त्रिक परिक्षण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले अनुरोध गरेको छ ।
प्रतिक्रिया