रोशी । रोशी गाउँपालिकामा दुई वटा मोटरेवल पुल बहुबर्षीय योजनामा समावेश भएका छन् । नेपाली कांग्रेस काभपलाञ्चोकका सभापति तथा बागमती प्रदेशका पूर्वमन्त्री तीर्थ लामाको पहलमा पुल बहुबर्षीय योजनामा समाबेश भएको हो । रोशी गाउँपालिका वडा नं. ५ र ६ जोड्ने पोटाखोला दोभानको पुल र रोशी गाउँपालिका वडा नं. ८ र तेमाल गाउँपालिका वडा नंं ५ जोड्ने गिम्दीबेशीको मोटोरेवल पुल आयोजना बहुबर्षीय योजनामा समाबेश भएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । गिम्दीबेशीको पुल र पोटाखोलाको पुल निर्माणको लागि बहुबर्षीय योजनामा समावेश भएका हुन । बागमती प्रदेश सरकारले पूर्वाधार बिकास कार्यालय काभ्रेले कार्यान्वयन गर्नेगरी बहुबर्षीय योजनामा दुईवटा पुल समावेश भएको छ । गिम्दीबेशीको पुल निर्माणको लागि १३ करोड २६ लाख ४४ हजार लागत अनुमान गरिएको छ । पहिलो आर्थिक बर्ष २०८२÷०८३ का लागि ९ लाख विनियोजन गरेको छ भने आर्थिक बर्ष २०८३÷०८४का लागि ११ करोड र आर्थिक बर्ष २०८४÷०८५ का लागि २ करोड १७ लाख ४३ हजार ८ सय प्रस्ताव गरेको छ । त्यसरी नै प्रदेश सरकारले पोटाखोल पुल निर्माणको लागि ६ करोड ५५ लाख ५६ हजार ९ सय अनुमान गरेको छ । आर्थिक बर्ष २०८२÷०८३ का लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक बर्ष २०८३÷०८४ का लागि ५ करोड र आर्थिक बर्ष २०८४÷०८५ का लागि एक करोड ५० लाख ५६ हजार ९ सय रुपैयाँ प्रस्तावित छ । गिम्दीबेशीमा मोटोरेवल पुल बनेपछि विपी राजमार्ग हुदै रोशी खोला पार गरेर तेमाल जाने स्थानीयहरूलाई सहज हुनेछ । उक्त दुई पुल बनेसँगै स्थानीयले उत्पादन गरेको कृषिजन्य बस्तु र दुग्धजन्य बस्तुहरु बर्षातको समयमा पनि बजार ल्याउन सहज हुनेछ ।
प्रतिक्रिया