सुब्बागाँउ । श्रीदेवी भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको चतुर्थ ब्रह्मोत्सव शुरु भएको छ । श्रीमुक्तिनाथ मन्दिर संरक्षण समितिको आयोजनामा यही २४ गतेदेखि २६ गतेसम्म महोत्सव चल्नेछ । पहिलो दिन विष्वक्सेन आराधना, पुण्याहवाचन, ब्राह्मणवरण, अङ्कुरारोपण, द्वारतोरण पूजा, अग्निप्रतिष्ठा, ध्वजारोहण भएको छ । २५ गते नित्य पूजा आराधना, श्रीदेवी, भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवान्को बाजागाजा साथ मुक्तिनाथ मन्दिरदेखि पनौती त्रिवेणी धामसम्म यात्रोत्सव नगरपरिक्रमा गराइने तयारी छ । २६ गते बजे महापूर्णाहुती श्रीमुक्तिनाथ भगवान्को १०८ कलशद्वारा महाभिषेक, कल्याण उत्सव हुने आयोजक संस्थाका अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो । २०७४ सालमा शुरुवात भएको मुक्तिनाथ मन्दिरमा भक्तजहरूको भीड बढ्दै गएको र धार्मिक पर्यटनमा टेवा पुगेको मन्दिर संरक्षण समितिका सल्लाहकार भोला थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया