logo
  • २०८३ बैशाख १८ | Fri, 01 May 2026
  • Dark Mode

          Subscribe

    काक्रोले मूल्य नपाएपछि पनौतीका किसान निरास

    • bethanchok bethanchok
    • २०८३ बैशाख ११, शुक्रबार १५:३०
    काक्रोले मूल्य नपाएपछि पनौतीका किसान निरास

    पनौती । पनौती नगरपालिका क्षेत्रका तरकारी खेती गरिरहेका किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन । अहिले उत्पादन भएको काक्रो ्रतिकिलो १५ रुपैयाँमा बेच्नुपर्दा लगानी उठाउन नसकिने चिन्ताले किसानलाई सताएको हो । पनौती वडा नम्बर–८ का किसान कृष्ण श्रेष्ठले माघ अन्तिममा ३ लाख लगानी गरेर रोपिएको काँक्राले अहिले आशालाग्दो उत्पादन दिएपनि भाउ भने लगानी अनुसार नपाएको बताउनुभयो । ५० वटा टनेलामा काँक्रामात्रै रोपेका उनका लागि अहिलेसम्म स्थानीय तहहरुले खासै सहयोग गरेका छैनन् । उनले
    व्यावसायिक रुपमा तरकारी खेती थालेको ५ वर्ष भयो । यसअघि १३५ वटा टनेलामा व्यावसायिक रुपमा गोलभेँडा, काउली, बन्दा, आलु, करेला, बोडीलगायतका तरकारी रोप्दै आएका उनले यसपटक भने ६ रोपनी जग्गामा काँक्रा खेती गरेका छन् ।पनौतीका किसान दम्पती कृष्ण श्रेष्ठ र इन्दु श्रेष्ठपनि तरकारीवाट राम्रै आम्दानी भएपनि लगानी अनुसार भाउ नपाएको बताउनुहुन्छ । आगलागीमा टनेल जलेपछि मध्यमार्ग कृषि सहकारीले उनीहरुका लागि १० वटा टनेल अनुदानमा उपलब्ध गराएपछि केही सहज भएको छ । इन्दुले ९ वर्ष र कृष्णले ३ वर्ष गरि विदेशमा २ जनाले कमाएको ५ लाख र थप ५ लाख साथीभाइसँग सापटी लिएर सुरु गरिएको उनीहरुको तरकारी खेतीबाट अहिले वार्षिक १० देखि १२ लाखसम्म कमाइ गरिरहेका छन ।



    bethanchok bethanchok    
  • २०८३ बैशाख ११, शुक्रबार १५:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP