logo
  • २०८३ जेष्ठ ११ | Mon, 25 May 2026
  • Dark Mode

          Subscribe

    सशस्त्रको १५ गण हेडक्वाटरको २४ औ स्थापना दिवस

    • bethanchok bethanchok
    • २०८३ बैशाख ३१, बिहीबार १६:२३
    सशस्त्रको १५ गण हेडक्वाटरको २४ औ स्थापना दिवस

    पाँचखाल । पाँचखाल नगरपालिका–३ मा अवस्थित सशस्त्र प्रहरी बल नम्बर १५ गण हेडक्वाटरको २४ औ स्थापना दिवसको अवसरमा बार्षिकोत्सक कार्यक्रम सम्पन्न भएको छ । बिहीवार नम्बर ३ गडीमाई बाहिनी मुख्यालयका बाहीनीपति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेलको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव सम्पन्न भएको हो । बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक पोखरेलले तत्कालीन समयमा विशेष अवस्थाको लागि सशस्त्र प्रहरी स्थापना भएको भएपनि पछिल्लो समयमा सिमा सुरक्षासहित विपद व्यवस्थापन र शान्ति सुरक्षामा खटिएको बताए । ’सिमा क्षेत्रमा कुन पिल्लर कहाँ कति छ भन्ने एकिन रिपोर्ट थिएन सशस्त्र पहरीले सिमा सुरक्षाको जिम्मा लिएपछि सिमानाको नक्सासहितको विवरण हामीसग छ, त्यो महत्वपूर्ण सफलता होझ पोखरेलले भने । सशस्त्र प्रहरी बल नम्बर १५ गण हेडक्वाटरले विपदमा नागरिकको सुरक्षामा उल्लेखनीय काम गर्दै आएको बताउनुभयो । नम्बर १५ गणले उत्तरी सिमा क्षेत्रको सुरक्षाका लागि व्यकफोर्सको काम पनि गर्न सकिने उहाँको भनाइ छ ।कार्यक्रमका विशेष अतिथि रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपदमा परेका नागरिकको उद्धारमा सशस्त्र प्रहरी बल नम्बर १५ गण हेडक्वाटरले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । गणको प्रशंसा गर्दै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले विवादमा उल्लेखनीय काम गर्दै आएको लामाले बताए । ’सशस्त्र प्रहरी बल नम्बर १५ गणलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु । पछिल्लो समयमा रोशीको बाढीमा विपदमा परेका नागरिकको उद्धारमा ज्यानको पर्वाह नगरी खटिनु भएको छ स्थानीय तहको तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु ।झ लामाले भावुक हुँदै भने, ’विपदमा हामी त टुलुटुलु हेरेर बस्नु बाहेक केही गर्न सक्दैनौ, हाम्रो जस्तै प्रहरीहरूको पनि परिवार छ तरपनि विपदको समयमा आफ्नो परिवारलाई बिर्सेर र ज्यानको पर्वाह नगरी जिम्मेवारी पूरा गर्न खटिनुभएको छ । हामी नागरिकको लागि त्यो महत्वपूर्ण कुरा हो ।झ विपदमा सिमित सुरक्षा सामग्रीको बाबजुद पनि सशस्त्र प्रहरी खटिएको भन्दै रोशी गाउँपालिकाले सकेको सहयोग गर्ने र सधै सशस्त्र प्रहरीको साथमा रहेको लामाको भनाई छ ।
    सशस्त्र प्रहरी बल नम्बर १५ गण हेडक्वाटरको २४ औ स्थापना दिवस तथा बार्षिकोत्सको शुभकामना दिदै काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले शन्ती सुरक्षा र विपदमा काभ्रेको नागरिकको सुरक्षामा गणले महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो ।उक्त समारोहमा महिनाको उत्कृष्ट प्रहरीहरूलाई सम्मान, गणलाई सहयोग गर्ने संघ संस्थाहरू र बीपी राजमार्ग रोशी खण्डमा बाढीका कारण फसेको गाडीका यात्रुलाई उद्धारमा खटिएका पाँच जना सशस्त्र प्रहरीहरूलाई सम्मान गरेको थियो । गणका गणपति तथा सशस्त्र प्रहरी उपरिक्षक माधव रेग्मीको सभापतित्वमा स्थापना दिवस तथा बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित महानुभावहरूलाई रेग्मीले धन्यवाद ज्ञापन गरेका थिए ।



    bethanchok bethanchok    
  • २०८३ बैशाख ३१, बिहीबार १६:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP