पनौती । पनौती नगरपालिका ८ मा रहेको भालेश्वर माध्यमिक विद्यालयले आफ्ना पूर्व प्राथमिक तहका विद्यार्थी दीक्षित गरेको छ । सोमबार आयोजना गरिएको एक कार्यक्रमका बीच ५१ विद्यार्थी दीक्षित भएका हुन् । विद्यालयले पहिलोपटक दीक्षान्त समारोह आयोजना गरेको प्रधानाध्यापक रामचन्द्र थापाले जानकारी दिनुभयो । यसले विद्यार्थी र अभिभावकमा उत्साह थप्ने र विद्यार्थीलाई प्रतिस्पर्धा गर्न सक्ने बनाउने उहाँको भनाइ थियो ।यस विद्यालयमा पूर्वप्राथमिक तह नर्सरीदेखि कक्षा २ सम्म २ सय ३२ विद्यार्थी अध्ययनरत छन् । भालेश्वर माविमा अहिले १ हजार १ सय ६० जना विद्यार्थी अध्ययनरत रहेको पनि प्रधानाध्यापक थापाले बताउनुभयो । पूर्व प्राथमिक तहदेखि नै बालमैत्री, प्रविधिमैत्री र व्यवहारिक शिक्षामा जोड दिइएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीले शिक्षक, अभिभावक, समुदाय र स्थानीय लगायत तीन तहकै सरकार र सरोकारवालाको सहयोगमा सफलता प्राप्त गरिरहेको भन्दै सबैप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरुले नाटक, गीत, नृत्य लगायतका प्रतिभा प्रस्तुत गरेका थिए । जसलाई अभिभावकहरुले पनि रुचीपूर्वक विद्यार्थीका प्रतिभा हरेका थिए । कार्यक्रम सहायक प्रधानाध्यापक हरि तिमल्सिनाको संचालन गर्नुभएको थियो ।
प्रतिक्रिया