logo
  • २०८३ जेष्ठ ११ | Mon, 25 May 2026
  • Dark Mode

          Subscribe

    चण्डेश्वरी माबिका विद्यार्थीलाई बाजागाजा सहित नगर परिक्रमा, नाम चलेका नीजि विद्यालयहरुको नतिजा खस्कदो क्रममा

    • bethanchok bethanchok
    • २०८३ बैशाख ३१, बिहीबार १६:२६
    चण्डेश्वरी माबिका विद्यार्थीलाई बाजागाजा सहित नगर परिक्रमा, नाम चलेका नीजि विद्यालयहरुको नतिजा खस्कदो क्रममा

    बनेपा । चण्डेश्वरी सृष्टिकान्त माविका दुई जना विद्यार्थीले चार जिपिए सहित ७० जना नै विद्यार्थी उत्र्तीण गराएपछि बिहीबार विद्यालयले विद्यार्थीलाई बाजागाजा सहित नगर परिक्रमा गराएको छ । सामुदायिक विद्यालयमा चण्डेश्वरी सृष्टिकान्त मावि दुई जना चार जिपिए सहित शत प्रतिशत ल्याउँदा प्रभात मावि ३३ प्रतिशतमा रोकिएको हो । रत्नचुण्डेश्वर माविले ४० प्रतिशत, शुभचामुण्डा मावि ४७ प्रतिशत ल्याएका हुन् ।बनेपा नगरपालिकामा यस पटक ४८ वटा विद्यालयले एसइइ परीक्षामा सहभागी भएका थिए । ३० वटा संस्थागत विद्यालयले परीक्षामा सहभागी भएकोमा १६ वटा विद्यालयले १०० प्रतिशत नजिता ल्याउन सफल भएका छन् । सहभागीमध्ये यो पटक संस्थागत विद्यालयमा सबैभन्दा खराब नजिता बेलर ईन्टरनेशनल एकेडेमीले व्यहोरेको छ । जिल्लामै धेरै विद्यार्थी भएको सो विद्यालयका ११४ जना विद्यार्थी सहभागी भएकोमा ७५ जनामात्रै उत्र्तीण भएका छन् । ३९ जना विद्यार्थीको एनजी आएको छ । बालबाटिकाले पनि यस पटकको परीक्षा बेलरलाई पछ्याएको छ । उसले पनि ७० प्रतिशत मात्रै विद्यार्थी उत्र्तीण गराउन सफल भयो । त्यस्तै विद्याकुञ्ज अनौपचारिक विद्यालयका ४३ प्रतिशत विद्यार्थी उत्र्तीण भएका छन् ।यस वर्षको माध्यमिक शिक्षा परीक्षा –एसईई) मा बनेपा नगरपालिकाभित्रका विद्यालयहरूको नतिजाले संस्थागत र सामुदायिक विद्यालयबीचको शैक्षिक अन्तरलाई पुनः उजागर गरेको छ । नगरपालिकाभित्रका ४८ विद्यालयमध्ये ३० वटा संस्थागत विद्यालय सहभागी हुँदा १६ वटा विद्यालयले शतप्रतिशत नतिजा निकाल्न सफल भएका छन् । बेलरबाट सहभागी ११४ विद्यार्थीमध्ये ७५ जना मात्रै उत्तीर्ण भएका छन् भने ३९ जनाको ननग्रेड –एनजी आएको छ । विद्यालयको उत्तीर्ण प्रतिशत करिब ६५ मा सीमित भएको हो । त्यस्तै बालबाटिका विद्यालयलले ७० प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । विद्याकुञ्ज अनौपचारिक विद्यालय को अवस्था अझ कमजोर देखिएको छ । उक्त विद्यालयका केवल ४३ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । दीपेन्द्र प्रहरी स्कुलले २२२ विद्यार्थी सहभागी भएको उक्त विद्यालयले एक जना विद्यार्थीबाट ४ जीपीएसहित शतप्रतिशत नतिजा निकालेको हो ।यसैगरी सिद्धार्थ मावि ले दुई जना विद्यार्थीबाट ४ जीपीए ल्याउँदै ९६ प्रतिशत नतिजा निकाल्दा विद्यासागर मावि ले एक जना ४ जीपीएसहित ९८ प्रतिशत नतिजा ल्याएको छ । महेन्द्र मावि ले ९१ प्रतिशत, स्प्रिङहिल मावि ले ९२ प्रतिशत, नाइटिङ्गेल मावि ले ९४ प्रतिशत तथा गणेशभारती मावि ले ९२ प्रतिशत नतिजा ल्याएका छन् । यस पटक शतप्रतिशत नतिजा निकाल्ने विद्यालयको संख्या उल्लेख्य रहेको छ । ज्ञानसरोवर, वालनिकेतन, लिन इन्टरनेशनल, बागमती मावि, लिङ्कन मावि, ज्ञानकुञ्ज मावि, सुनगाभा मावि, एभरेष्ट एकेडेमी, ग्रेस ल्याण्ड मावि, रामभक्त मेमोरियल, विकटेश्वर मावि, क्षितिज स्कुल, ज्ञानज्योति मावि, श्वेत वराह मावि, आदर्श विद्या मन्दिर, चक्रज्योति मावि, समता शिक्षा निकेतन, ज्योति एकेडेमी, नैमिषारण्य स्कुल, काभ्रे बहिरा मावि, भक्तेश्वर गोसाईकुण्ठ मावि तथा न्यु मोडल एकेडेमी रहेका छन् । शैक्षिक विश्लेषकहरूका अनुसार बनेपाको नतिजाले संस्थागत विद्यालयमा गुणस्तरीय प्रतिस्पर्धा बढ्दै गएको देखाए पनि कमजोर नतिजा ल्याउने विद्यालयका लागि यो चेतावनीको संकेत बनेको छ । सामुदायिक विद्यालयतर्फ केही विद्यालयले उल्लेखनीय सुधार गरे पनि समग्रमा अझै शैक्षिक गुणस्तर उकास्न चुनौती कायम रहेको देखिएको छ ।



    bethanchok bethanchok    
  • २०८३ बैशाख ३१, बिहीबार १६:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP