logo
  • २०८३ बैशाख १८ | Fri, 01 May 2026
  • Dark Mode

          Subscribe

    कलाँती भूमिडाँडाको सेरोफेरो सम्बन्धी बृतचित्र निर्माण

    • bethanchok bethanchok
    • २०८३ बैशाख १७, बिहीबार १२:४९
    कलाँती भूमिडाँडाको सेरोफेरो सम्बन्धी बृतचित्र निर्माण

    भूमिडाँडा । धार्मिक पर्यटनको नजरमा पनौती कलाँती भूमिडाँडाको सेरोफेरो सम्बन्धी बृतचित्र निर्माण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. जगमान गुरुङले भालेश्वर महादेव मन्दिर प्राङ्गणमा अवस्थित बालप्रकाश माध्यमिक विद्यालयको सभाहलमा बृत्तचित्र प्रदर्शनीको शुभारम्भ गर्नुभयो । सो क्रममा गुरुङले पनौती क्षेत्रका धार्मिक, पौराणिक, साँस्कृतिक र एतिहासिक विशेषताहरुको चर्चा गर्नुभयो । नेपालका चौसठ्ठी ज्योतिर्लिङ्गहरु मध्ये भालेश्वर १० औं ज्योतिर्लिङ्गका रुपमा हिमवत् खण्डमा उल्लेख भएको सन्दर्भ चर्चा गर्दै बृत्तचित्रले सिङ्गो पनौती, भूमिडाँडा मात्र नभएर मूल भालेश्वर र यहाँका गुम्वा र देवीहरुको प्रचार देशविदेशसम्म पुग्ने विचार उहाँको छ । बृतचित्रले कलाँती भूमिडाँडाको धार्मिक पर्यटकीय सम्भावनालाई समेटेकोले यो क्षेत्र भविष्यमा पर्यटनको गन्तव्य बन्न सक्ने विचार उहाँको थियो । साहित्यकार सूर्यप्रसाद लाकोजूले स्रष्टा, संस्कृति र सभ्यता बचाउन हरेक चेतनशील वर्गले योगदान गर्नुपर्ने भन्दै अक्षरकर्मीहरुले कलासाहित्यमार्फत समाजमा योगदान गर्ने हुँदा आफ्नो जन्मस्थानका बारेमा बृत्तचित्र निर्माण गरेर निर्माता र लेखक परशुराम अधिकारीले थोरै भएपनि मातृऋण तिरेको विचार प्रकट गर्नुभयो । पशुपति क्षेत्र विकास कोषका सञ्चालक समितिका सदस्य डा. भरतप्रसाद बडालले कलाँती भूमिडाँडालाई कृषि र उद्योगभन्दा पर्यटनले समृद्ध बनाउन सकिने विचार व्यक्त गर्नुभयो । बृत्तचित्र निर्देशक एवम् सम्पादक उप प्राध्यापक डा. राजन विनाएक पासाले आफूले यस्ता थुप्रै बृत्तचित्र निर्माण गरिसेकेको र अवको समय धार्मिक पर्यटनको समय भएकोले गुम्वा, भालेश्वर र यहाँका पाँचदेवीलाई एकैपटक धार्मिक पर्यटनसँग जोड्न सके भूमिडाँडामा पर्यटन विस्तार हुने बताउनुभयो । बालप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक विकास थापाले आफ्नो विद्यालयमा विद्वान् प्राज्ञहरुलाई ल्याएर वृत्तचित्रको सार्वजनिकीकरण गरेकोमा निर्माता, निर्देशकहरुलाई धन्यवाद दिदै वृत्तचित्र कलाँती भूमिडाँडाको धार्मिक लगायत अन्य पर्यटन प्रवर्धनमा कोसेढुङ्गा सावित हुने बताउनुभयो । पनौती नगरपालिका वडा नं १२ का वडाध्यक्ष जयराम के.सीले राष्ट्रिय विद्वान् व्यक्तित्वहरु आएर वडाको गरिमा बढाइ दिएकोमा धन्यवाद दिँदै कलाँती भूमिडाँडाको पहिचान बढाउन र पर्यटन प्रवद्र्धन गर्न योगदान गरेकोमा निर्माता निेर्देशकलाई धन्यवाद दिनुभयो । बृत्तचित्र निर्माता परशुराम अधिकारीले पित्तृभूमिबाट मातृऋण तिर्न बृत्तचित्र बनाएर सानो प्रयास गरेको विचार राखे । बृत्तचित्र निर्माणमा आफूहरुले झण्डै २ वर्ष लगाएको र थुप्रैपटक कलाँती भूमिडाँडाका गाउँवस्तीको यथार्थता र गहिराई बुझ्ने मौका मिलेको अनुभव सुनाउनुभयो । कार्यक्रममा वृत्तचित्र निर्माणमा सहयोग गर्नुहुने सवैलाई कदरपत्रले सम्मान गरिएको थियो । धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडा र आसपासका विभिन्न पाटालाई समेटेर बृत्तचित्र तयार पारिएको हो ।परशुराम अधिकारीको निर्माण र लेखन रहेको उक्त बृत्तचित्रको सहनिर्मातामा जयराम के.सी र कृष्णचन्द्र अधिकारी रहनुभएको छ । निर्देशन त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. राजन विनाएक पासाले गरेका छन् भने दृश्य सम्पादन प्रशान्त श्रेष्ठ र स्वराङ्कन दुर्गाराज पाण्डेले गरेका छन् ।



    bethanchok bethanchok    
  • २०८३ बैशाख १७, बिहीबार १२:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP