logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • Dark Mode

          Subscribe

    धुलिखेल–खावा सडक पुनर्निर्माण कार्य तीव्रता

    • bethanchok bethanchok
    • २०८२ चैत्र १८, बुधबार ०८:४०
    धुलिखेल–खावा सडक पुनर्निर्माण कार्य तीव्रता

    इभि भ्यानहरूले अत्यधिक भाडा असुलेको गुनासो

    धुलिखेल । धुलिखेल–खावा सडक पुनर्निर्माण कार्यलाई तीव्रता दिन चैत ७ गतेदेखि २० गतेसम्म १४ दिन सवारी सञ्चालनमा आंशिक तथा पूर्ण प्रतिबन्ध लगाइएको छ। सो अवधिमा यात्रुवाहक बस एकतर्फी सञ्चालन हुने, टिपर पूर्ण रूपमा बन्द रहने र रातिको समयमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ । सडक निर्माण कार्यका कारण यातायात सेवा प्रभावित बनेसँगै सर्वसाधारण यात्रुहरूले दैनिक आवतजावतमा सास्ती भोग्नुपरेको छ। विशेषगरी यात्रुवाहक बसहरूले नियमित रुटलाई प्राथमिकता नदिई आवश्यकताका आधारमा मात्र सेवा सञ्चालन गरिरहेका कारण यात्रुहरू झनै मारमा परेका छन्। काठमाडौंबाट पाँचखालतर्फ केही बस सेवा सञ्चालन भए पनि पाँचखालबाट काठमाडौं फर्कने सवारी साधनको अभाव हुँदा यात्रुहरू अलपत्र पर्ने अवस्था सिर्जना भएको यात्रुहरुको गुनासो छ । यसैबीच, पाँचखालबाट बनेपासम्मको छोटो दूरीमा इभि भ्यानहरूले अत्यधिक भाडा असुल्दै यात्रु ठगिएको गुनासो बढ्दै गएको छ । सामान्य अवस्थामा ८० रुपैयाँमा यात्रा गर्न सकिने उक्त दूरीमा हाल १५० देखि २ सय रुपैयाँसम्म भाडा लिने गरिएको यात्रुहरूले बताएका छन् । हाल पाँचखाल–बनेपा रुटमा करिब २२ वटा इभि सवारी सञ्चालनमा छन । ती सवारीहरूले एकपटकमा २० देखि २२ जनासम्म यात्रु बोक्ने गरेका छन ।



    bethanchok bethanchok    
  • २०८२ चैत्र १८, बुधबार ०८:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP