logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • Dark Mode

          Subscribe

    नमोबुद्धका ८ र ११ बालमैत्री वडा घोषणा

    • bethanchok bethanchok
    • २०८२ चैत्र २९, आईतवार ०९:५३
    नमोबुद्धका ८ र ११ बालमैत्री वडा घोषणा

    दाप्चा । नमोबुद्ध नगरपालिकाको वडा नम्बर ८ र ११ बालमैत्री वडा घोषणा भएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिती काभ्रेका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यता, नगर प्रमुख कुनसाङ लामा र उपप्रमुख रत्न लामाको बिशेष आतिथ्यतामा बालमैत्री वडा घोषणा भएको हो ।

    बुधवार वडा नम्बर ८ को डराउनेपोखरी, दाप्चामा र वडा नम्बर ११ को वडा कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख गौतमले बालमैत्री वडा घोषणा गर्दै वडा नम्बर ८ का वडा अध्यक्ष शेरबहादुर तामाङलाई र वडा नम्बर ११ का वडाध्यक्ष कृष्णबहादुर तामाङलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख गौतमले क्रमशः पालिका हुँदै जिल्लालाई नै बालमैत्री घोषणा गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । बालमैत्री घोषणा अन्त्य नभइ सुरुवात भएको भन्दै बालविवाह लगायतका अपराध रोकथामको लागि अझै कृयाशिल हुनुपर्ने बताउनुभयो ।

    नगर प्रमुख कुनसाङ लामाले बालमैत्री वडा घोषणा भएकोमा वडा नं ११ लाई बधाई ज्ञापन गर्दै यसको दिगोपनाको लागि कार्यक्रम ल्याउन र कृयाशिल हुन सबैमा अनुरोध गर्नुभयो । कार्यकममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बालमैत्री स्थानीय तह घोषणाका लागि गरिने तयारीले सामाजिक विकासका लक्ष्य पुरा गर्न समेत सहयोग गर्ने बताउनुभयो । नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कृष्णबहादुर तामाङले बालमैत्री अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टीका नगर अध्यक्ष रामकृष्ण उपाध्याय, नेकपा एमालेका नगर अध्यक्ष गणेश लामा, वडा नं ११ का सदस्य प्रकाश तामाङ, वडा सचिव शंकर भट्टराई लगायतले बालमैत्री वडा घोषणा र यसको दिगोपनका लागि सबै सरोकारवालाको सहयोगको प्रशंसा गर्दै निरन्तरताको कामना गर्नुभयो ।

    कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सहयोग गर्ने बाल क्लव, विद्यालय, स्वास्थ्य स्वयंसेविका लगायतका सरोकारवालाहरूलाई सम्मान सहित प्रशंसापत्र प्रदान गरिएको थियो । वडा नम्बर ११ को वडा कार्यालय परिसरमा निर्माण गरिएको बुद्ध प्रतिमा पनि सोही कार्यक्रममा अनावरण गरिएको थियो । बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ वटा सूचक पूरा गरी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुगमन गरेर चैत्र २४ गते दुबै वडालाई घोषणाका लागि स्वीकृति प्रदान गरेको थियो । यश अघि नै वडा नम्बर १ बालमैत्री वडा घोषणा भैसकेको छ । अहिलेसम्म नमोबुद्धको तीन वडा बालमैत्री वडा घोषणा भएको छ ।



    bethanchok bethanchok    
  • २०८२ चैत्र २९, आईतवार ०९:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP