logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • Dark Mode

          Subscribe

    काभ्रेका समस्याबारे यस्तो छ उज्यालो नेपालको सुझाव

    • bethanchok bethanchok
    • २०८२ चैत्र २०, शुक्रबार १०:५१
    काभ्रेका समस्याबारे यस्तो छ उज्यालो नेपालको सुझाव

    बनेपा । काभ्रे जिल्लाका समस्याकाहरुका बारेमा उज्यालो नेपाल पार्टीले केन्द्रीय अध्यक्ष कुलमान घिसिङलाई जानकारी गराएको छ । चुनावमा हारपछिको अवस्था र जिल्लामा रहेका समस्याबारे जिल्ला समितिले कुलमान घिसिङ्गलाई अवगत गराएको हो । उज्यालो नेपालले रोशी गाँउपालिका वडा नं १ र २ मा गएको बाढीपहिरोको स्थलगत अवस्था, खानिखोला गाँउपालिका वडा नं ७ मा चट्याङका कारण जनधनमा हुने ठुलो क्षति तत्काल रोक्नका लागि दिर्घकालिन समाधानको प्रस्ताव पनि राखिएको छ ।  नमोबुद्ध खाक्सीका युवा नेता अनिल लामाले नमोबुद्ध गाउँपालिका – ६, खाक्सीमा मुख्य सडकदेखि गाँउसम्म पुग्ने कच्ची सडकहरुलाई पक्की बनाउन अगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गर्न गराउनका लागि प्रस्ताव गरिएको छ । रोशी – ४ को सडक स्तरोन्नती र विद्युतिय समस्यापनि अघि आएको छ । जिल्ला पार्टीको गतिबिधी र अगामि कार्ययोजनाको विषयमा जिल्लाको संयोजक क्षितिज लामाले जानकारी दिए ।



    bethanchok bethanchok    
  • २०८२ चैत्र २०, शुक्रबार १०:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP