logo
  • २०८३ जेष्ठ १२ | Tue, 26 May 2026
  • Dark Mode

          Subscribe

    रोशीमा फसेका यात्रुहरूको सुरक्षित र सकुशल उद्धार

    • bethanchok bethanchok
    • २०८३ बैशाख २४, बिहीबार १६:१८
    रोशीमा फसेका यात्रुहरूको सुरक्षित र सकुशल उद्धार

    रोशी । सोमबार दिउँसो अविरल वर्षापछि रोशी खोलामा आएको बाढीमा फसेका यात्रुहरूको सुरक्षित र सकुशल उद्धार गरिएको छ सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीहरूले सोमबार साँझदेखि थालेको प्रयासले उनीहरूको उद्धार गरिएको हो मिति २०८३ वैशाख २१ गते साँझदेखि अविरल परेको वर्षाका कारण रोशी खोलाको बहाव बढ्न गई उक्त खोलाको बीच भागमा फसेका पाँचवटा माइक्रोबसका ८९ जना यात्रुहरूलाई अन्य सुरक्षा निकायहरू समेतको सहभागितामा वैशाख २२ गते बिहान ०१ः०० बजे उद्धार कार्य सम्पन्न गरी निज यात्रुहरूलाई सुरक्षितरुपमा गन्तव्यसम्म पठाइएको हो । बाढीबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीहरूले सुरक्षित स्थानमा रोक्दा रोक्दै लापरवाहीपूर्ण तरिकाले यात्रुहरूको जिउधनलाई समेत खतरा पु¥याई सवारी चलाउने उक्त ५ वटा माइक्रोबसका पाँच जना चालकहरुलाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कार्यपलाञ्चोकको हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको उहाँले जानकारी दिनुभयो बर्षातको समयमा बीपी राजमार्ग भई यात्रा गर्दा जहिले पनि सूचना वा पूर्वजानकारी लिएर र प्रहरीको सुझावलाई समेत आत्मसात गरी यात्रा गर्नुहुन जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले सबैलाई अनुरोध गरेको छ ।



    bethanchok bethanchok    
  • २०८३ बैशाख २४, बिहीबार १६:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP