बनेपा । अरनिको राजमार्गमा सञ्चालन हुने सवारी साधनले लागूपदार्थ सेवन गर्ने गरेको खुलेको छ । सवारी दुर्घटना न्युनिकरणको लागी तालुक इलाका प्रहरी कार्यालय बनेपा,काभ्रेपलाञ्चोक र यस जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकको सयुक्त आयोजनामा शीर मेमोरियल अस्पताल बनेपा काभ्रेपलाञ्चोकको प्राबिधिक सहयोगमा गरिएको परीक्षणमा चालकहरुले लागूपदार्थ सेवनगर्ने गरेको देखिएको हो । बि.पि. र अरनिको राजमार्ग अन्तर्गत भएर सञ्चालन हुने सार्वजनिक सवारी साधनका ३० वटा चालकहरुलाई ला.प.से. चेकजाँज गर्दा लागु पदार्थ सेवन गरेको भनि प्रमाणित भएका, अरनिको बस चालक एक, महानगर बस चालक एक र बोलेरो चालक एक गरी तीन जना चालकलाई कारबाही गरिएको छ ।
प्रतिक्रिया