logo
  • २०८३ बैशाख १८ | Fri, 01 May 2026
  • Dark Mode

          Subscribe

    पनौतीमा किशोरी लक्षित बारिष्टा तालिम सञ्चालन

    • bethanchok bethanchok
    • २०८३ बैशाख ११, शुक्रबार १५:२९
    पनौतीमा किशोरी लक्षित बारिष्टा तालिम सञ्चालन

    पनौती । पनौतीमा १५ जना किशोरी तथा युवतीलाई लक्षित गरी ६० घण्टे बारिष्टा तालिम सञ्चालन गरिएको छ । पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी ले सोमबार एक कार्यक्रमका बीच १५ दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्नुभयो । कार्यक्रममा नगर प्रमुख भण्डारीले तालिमको वास्तविक उपलब्धि यसको परिणामबाट देखिने भएकाले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । सीपविना जीवनयापन कठिन हुने उल्लेख गर्दै उहाँले निःशुल्क तालिमको सदुपयोग गर्न सहभागीलाई अनुरोध गर्नुभयो ।नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने ले तालिमले स्वदेश वा विदेश जहाँ रहे पनि जीवन सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रशिक्षक मोहन गजुरेल ले सिकाइलाई व्यवहारमा उतार्न नियमित अभ्यास आवश्यक रहेको बताउनुभयो । संस्थाका अध्यक्ष प्रा.डा. नीलम शर्मा ले मुलुकको समृद्धिका लागि भौतिक विकास मात्र पर्याप्त नहुने उल्लेख गर्दै जनशक्ति व्यवस्थापन, श्रम तथा सीप विकासमा लगानी आवश्यक रहेको बताउनुभयो । संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण थापा ले सीप, ज्ञान र क्षमता अभिवृद्धि गर्दै मानव श्रमशक्तिमा लगानी बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिमपछि आत्मनिर्भर बन्न चाहने महिलालाई कानुनी तथा व्यावहारिक चुनौती समाधानमा समेत सहजीकरण गरिने प्रतिबद्धता संस्थाले जनाएको छ । कफी पारखीहरूको संख्या बढ्दै गएको सन्दर्भमा फ्रिडम टु लर्न नेपालले स्वरोजगारमुलक तालिम प्रदान गरेको हो । तालिम सम्पन्न भएपछि आफ्नै रोजगारी सुरु गर्न चाहने सहभागीलाई संस्थाले बिउ पुँजीको समेत व्यवस्था गर्ने जनाएको छ । सामुदायिक विद्यालयमा अध्ययन गरी एसईई दिएर बसेका छात्रा तथा महिला अभिभावकलाई लक्षित गर्दै तालिम सञ्चालन गरिएको संस्थाले जनाएको छ ।



    bethanchok bethanchok    
  • २०८३ बैशाख ११, शुक्रबार १५:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP