धुलिखेल । जिल्ला बचत संघ काभ्रेपलाञ्चोकले विषयगत संघहरुको स्तरीकरण समूहको तेस्रो सार्थक एवम् प्रभावकारी सहयोग र नवीनता व्यवस्थापन कार्यशाला सञ्चालन गरेको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. को प्राविधिक सहयोगमा मंगलबार संगठनात्मक दिगोपना तथा संस्थागत सेवाहरुको लागि सहकारी स्वःनियमन कार्यक्रम कोशिस अन्तर्गतको विषयगत संघहरुको स्तरीकरण समूहको तेस्रो सार्थक एवम् प्रभावकारी सहयोग र नवीनता व्यवस्थापन कार्यशाला सञ्चालन भएको हो । धुलिखेल भिलेज रिसोर्टमा भएको कार्यक्रममा सहजिकरण एवम् व्यवस्थापन प्रमुखहरुबाट प्रस्तुतीकरण गरिएको विषयवस्तुहरु उपर प्रोस्कुनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहाल र तालिम अनुसन्धान तथा विकास विभाग प्रमुख विमला पुडासैनीले आवश्यक सुझावहरु प्रदान गर्नुभएको थियो । संघहरुको सुपरिवेक्षण गर्ने क्रममा देखिएका कमी कमजोरीहरुलाई औंल्याउँदै प्रोस्कुनका सिइओ दाहालले आगामी दिनहरुमा सुधार गर्नका लागि आवश्यक पहल एवम् आग्रह गर्नुभएको थियो । कार्यक्रममा सभाध्यक्ष कायस्थले संघहरुको सवल पक्ष, दुर्वल पक्ष, समस्या र चुनौतीहरुको लेखाजोखा गर्दै आवश्यक सुझावहरुको आधारमा सुधार गर्दै सवल र सक्षम संघ निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्दै उपस्थित सम्पूर्णमा र कार्यक्रम व्यवस्थापन गर्ने प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको संचालन संघका सचिव राजन अधिकारीले गर्नुभएको थियो भने व्यवस्थापन संघका सहायक कार्यकारी अधिकृत रविकुमार केसीले गर्नुभएको थियो कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थको सभाध्यक्षमा संचालित कार्यशालामा १२ वटा संघहरुबाट गरी ३५ जनाको सहभागिता रहेको थियो । प्रोस्कुनका वरिष्ठ उपाध्यक्ष जिवसराज खड्काको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा खड्काले पानसमा दीप प्रज्वोलन गरि कार्यशालाको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा जिल्ला बचत संघ काभ्रेका उपाध्यक्ष निर्मला श्रेष्ठले निती, विधि र प्रवृधिलाई आत्मसाथ गर्दै सुशासित संघहरु निर्माणमा बागमती प्रदेश बचत संघले खेलेको महत्वपूर्ण भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै उपस्थित महानुभावहरुलाई आफ्नो शव्दद्धारा कार्यक्रममा स्वागत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि खड्काले संघहरुको दिगो विकास, प्रभावकारी सदस्य सेवा एवम् सुरक्षित कारोबार गर्नका लागि विकास गरिएको कोशिस कार्यक्रममा संघहरुको आबद्धताले संघहरुलाई मागदर्शन प्रदान गर्दै संघहरुलाई एकताबध्य गराउन र नेतृत्वकर्ताहरुको क्षमता विकाससमेत गरेको बताउनुभयो । कार्यशालामा ११ वटा जिल्ला बचत संघका व्यवस्थापन प्रमुखहरुले संघहरुको वित्तीय कारोबारको अवस्था र लक्ष्य एवम् उपलब्धि तथा गैरवित्तीय गतिविधी एवम् क्रियाकलापहरुको बारेमा प्रभावकारी ढङ्गबाट आ–आफ्नो संघहरुबाट प्रतिनिधित्व गर्दै प्रस्तुतीकरण गर्नुभएको थियो ।
प्रतिक्रिया