logo
  • २०८३ जेष्ठ ११ | Mon, 25 May 2026
  • Dark Mode

          Subscribe

    शंखबुद्धको नेतृत्वमा नमोबुद्ध क्षेत्र विकास समितिले थाल्यो काम

    • bethanchok bethanchok
    • २०८३ बैशाख २४, बिहीबार १६:२५
    शंखबुद्धको नेतृत्वमा नमोबुद्ध क्षेत्र विकास समितिले थाल्यो काम

    नमोबुद्ध । नमोबुद्ध क्षेत्र विकास समितिले नमोबुद्ध क्षेत्र विकास समितिको गठन आदेश संसोधन लगायतका निर्णयहरु गरेको छ । बैठकले कार्यालयको अस्थायी व्यवस्थापन, कार्यकारी निर्देशकको नियुक्तिको लागि पदपुर्ति समिति गठन, बैंक खाता सञ्चालन, समितिको वैवसाईट निर्माण गर्ने निर्णय गरेका छ । त्यस्तै समितिको कार्य सञ्चालनको लागि ऐन, नियम निर्माण गर्ने, तीनै तहका सरकार समक्ष बजेट माग गर्ने र समितिको छाप र लोगो निर्माण लगायतको निर्णय गरेको हो । बैठकमा सल्लाहकारहरु नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामा, पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी, ठंगुटाशी छ्योईलिङ्ग गुम्बाका उपाध्यक्ष आचार्य कर्म फुर्पु शेर्पा लगायतको उपस्थिति रहेका थिए । मितिका सदस्यहरु जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिम बहादुर तामाङ, नमोबुद्ध नगरपालिका वडा नं. १ का वडाध्यक्ष प्रेम लामा, वडा नं. ११ का वडाध्यक्ष कृष्णबहादुर लामा, जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रतिनिधि र स्थानीय बुद्धिजीवि लगायतको सहभागिता रहेको थियो । धार्मिक, ऐतिहासिक, सांस्कृतिक, सामाजिक, आर्थिक, पुरातात्विक तथा प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण नमोबुद्ध क्षेत्रको विकास समितिको अध्यक्षमा केही दिन अघि बागमती प्रदेश सरकारले लामालाई नियुक्त गरेकोे हो । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध, पनौती र धुलिखेल नगरपालिकाको सिमानामा अवस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र नमोबुद्धको संरक्षण, सम्बर्धन तथा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा पहिचान अभिबृद्धि तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि समिति बनेको हो ।



    bethanchok bethanchok    
  • २०८३ बैशाख २४, बिहीबार १६:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP