logo
  • २०८३ जेष्ठ १२ | Tue, 26 May 2026
  • Dark Mode

          Subscribe

    ज्ञानकुञ्ज रोड रेसको उपाधि तुलसा र अभिषेकलाई

    • bethanchok bethanchok
    • २०८३ बैशाख ३१, बिहीबार १६:२१
    ज्ञानकुञ्ज रोड रेसको उपाधि तुलसा र अभिषेकलाई

    बनेपा । छैठौं संस्करणको ज्ञानकुञ्ज रोड रेस छात्रातर्फ तुलसा गौतम र छात्रतर्फ अभिषेक मगरले जितेका छन् । एसईई दिएर बसेका विद्यार्थीहरु सहभागी प्रतियोगितामा छात्रातर्फ ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका तुलसा गौतम र छात्रतर्फ चण्डेश्वरी सृष्टिकान्त मा.वि.बनेपाका अभिशेक जर्घामगर प्रथम भएका हुन् । छात्रातर्फ ग्रेसल्याण्ड मा.वि. बनेपाबाट पार्वती श्रेष्ठ दोस्रो र चण्डेश्वरी सृष्टिकान्त मा.वि. बनेपाबाट समिता अधिकारी तेस्रो भए । छात्रतर्फ शङ्खेश्वरी मा.वि.का अनिस खत्री दोस्रो र सिद्धार्थ वनस्थली पनौतिबाट दावा शेर्पा तेस्रो भएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई क्रमशः नगद ३० हजार, २० हजार र १० हजार, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो ।श्रीमेहर गण धुलिखेलका गणपति प्रमुख सेनानी झलक सुबेदी, राष्ट्रिय महिला फुटबल टिमका गोलकिपर अञ्जना रानामगर, प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष सुरकृष्ण वैद्य, प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्य, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोद न्यौपाने लगायतले पुरस्कार वितरण गरेका थिए ।



    bethanchok bethanchok    
  • २०८३ बैशाख ३१, बिहीबार १६:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP